आइएमई जनरल इन्स्योरेन्सद्वारा हकप्रद निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन

23 दिन अगाडी
आइएमई जनरल इन्स्योरेन्सद्वारा हकप्रद निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन

काठमाण्डौ ।  कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको ४० प्रतिशतले हुन आउने ४६ करोड ३० लाख २५ हजार ८०८ रुपैयाँबराबरको ४६ लाख ३० हजार २५८ कित्ता हकप्रद निष्कासनको अनुमति माग गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १५ करोड ७५ लाख ६४ हजार ५२० रुपैयाँ रहेको छ । हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ६२ करोड ५ लाख रुपैयाँ पुग्नेछ । 

कम्पनीको गत वैशाख १२ गते सम्पन्न २३ औँ वार्षिक साधारणसभा बाट चुक्तापुँजीको ४० प्रतिशत हकप्रद निष्कासन गर्ने मुख्य अजेन्डा पारित गरिएको थियो । कम्पनीले ४० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिसकेको छ । 


Share this with your friends: