कोरोना बीमा दाबी भुक्तानीमा अर्थमन्त्रीको चासो, उपयुक्त विकल्प पेस गर्न निर्देशन

20 दिन अगाडी
कोरोना बीमा दाबी भुक्तानीमा अर्थमन्त्रीको चासो, उपयुक्त विकल्प पेस गर्न निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमा भुक्तानीमा देखिएको समस्याको समाधान खोज्न बीमा समितिलाई अर्थमन्त्री निर्देशन दिएका छन् । कोरोना बीमाको दाबी भुक्तानी नपाएको गुनासो बढेपछि अर्थमन्त्री शर्माले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई कोरोना बीमाको दाबी भुक्तानीको समयस्याको समाधान खोज्न निर्देशन दिएका हुन् । 

अर्थमन्त्री शर्माले अध्यक्ष सिलवाललाई मन्त्रालय बोलाएर कोरोना बीमा भुक्तानीको उपयुक्त विकल्प पेस गर्न निर्देशन दिएका हुन् ।  

कोरोना बीमाबापतको ११ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । जसलाई वर्तमानको सरकारले दायित्व बहन नगर्ने भनिरहेको छ । छलफलका क्रममा अर्थमन्त्रीले दाबी भुक्तानीको रकम धेरै भएकाले एकैपटक भुक्तानी गर्न नसकिने भन्दै यसको उपयुक्त विकल्प खोजी गर्न निर्देशन दिएका छन् । 

यसका साथै भुक्तानीको लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा समितिका अध्यक्षसँग छलफल गरी थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिइएको छ ।  

कोरोना बीमा मापदण्ड २०७७ मा नेपाल सरकारले ३ अर्ब ५० करोड रुपैयाँभन्दा माथिको दाबी भुक्तानी व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ । तर मापदण्ड बमोजिम सरकारले भुक्तानी नगर्दा १ लाखभन्दा बढी कोरोना संक्रमितले कोरोना बीमा बापतको भुक्तानी रकम पाएका छैनन । 


Share this with your friends: