जीवन बीमा कम्पनीहरुद्वारा ४१ अर्ब बढी प्रथम बीमाशुल्क आर्जन, कुनको कति ?

15 दिन अगाडी
जीवन बीमा कम्पनीहरुद्वारा ४१ अर्ब बढी प्रथम बीमाशुल्क आर्जन, कुनको कति ?

काठमाण्डौ । गत आर्थिक वर्ष २०७७÷७८ को चौथो त्रैमासको अन्त्यसम्ममा जीवन बीमा कम्पनीहरुले ४१ अर्ब बढी प्रथम बीमाशुल्क आर्जन गरेको छन् । यो अवधिसम्म १९ वटा जीवन बीमा कम्पनीहरुले ४१ अर्ब ९७ करोड प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् । 

चौथो त्रैमासको अन्त्यसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गरेको छ । नेपाल लाइफले यो अवधिसम्ममा ८ अर्ब ८२ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । यस्तै सूचीको दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । नेशनल लाइफले एलआईसी नेपाललाई उछिन्दै दोस्रो स्थान हासिल र्ग सफल भएको हो । कम्पनी यो अवधिसम्ममा ४ अर्ब ३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ । तेस्रो स्थानमा झरेको एलआईसी नेपालले ३ अर्ब ५६ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । ३ अर्ब १८ करोड रुपैयाँका साथ यूनियन लाइफ इन्स्योरेन्स कम्पनी सूचीको चौथो स्थानमा रहेको छ । पाचौँ स्थानमा रहेको रिलायबल नेपाल लाइफले २ अर्ब २१ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । 

यस्तै एशियन लाइफले २ अर्ब १३ करोड, सिटिजन लाइफ २ अर्ब २ करोड, सूर्या लाइफ २ अर्ब १ करोड, ज्योपि लाइफ १ अर्ब ८४ करोड, गुराँस लाइफ १ अर्ब ६८ करोड, आइएमई लाइफ १ अर्ब ५९ लाख, रिलायन्स लाइफ १ अर्ब ४८ करोड, मेट लाइफ १ अर्ब ४५ करोड, प्राइम लाइफ १ अर्ब ३८ करोड र सानिमा लाइफले १ अर्ब २८ करोड रुपैयाँ प्रथम बीमाुशल्क आर्जन गरेका छन् । 

चौथो त्रैमासको अन्त्यसम्ममा सन नेपाल लाइफले ९१ करोड, प्रभु लाइफ ८९ करोड, राष्ट्रिय बीमा संस्थान ७६ करोड र महालक्ष्मी लाइफले ७५ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । 


Share this with your friends: