जीवन र निर्जीवन दुवै बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन वृद्धि, ६३ हजार बीमालेख सरेन्डर

15 दिन अगाडी
जीवन र निर्जीवन दुवै बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन वृद्धि, ६३ हजार बीमालेख सरेन्डर

काठमाण्डौ । गत आर्थिक वर्ष २०७७/७८ मा जीवन र निर्जीवन दुवै बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन वृद्धि भएको छ । 

बीमा समितिले गत साउन १ गते गरेको स्थलगत निरीक्षणका क्रममा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीको दुवैको कुल बीमाशुल्क आर्जन वृद्धि भएको देखिएको हो । 

बीमा समितिका अनुसार गत आर्थिक वर्ष जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब २० अर्ब ५५ करोड २३ लाख र निर्जीवन बीमा कम्पनीहरुले कुल ३० अर्ब ९० करोड ६८ लाख गरी कुल १ खर्ब ५१ अर्ब ४५ करोड ९१ लाख ंबीमाशुल्क आर्जन गरेका छन् । 

जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्क अघिल्लो आर्थिक वर्षको तुलनामा २८.७१ प्रतिशतले बढी हो । त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७७÷७८ मा आर्जन गरेको कुल बीमाशुल्क पनि अघिल्लो आर्थिक वर्षको तुलनामा १५.३५ प्रतिशतले बढी हो । 
यसैगरी गत आर्थिक वर्षमा जीवन बीमातर्फ १५ हजार ९६४ वटा बीमालेखको रु.२ अर्ब २५ करोड २ लाख र निर्जीवन बीमातर्फ ८६ हजार ४४० वटा बीमालेखको रु.२० अर्ब १४ करोड ५१ लाख माग दाबीको भुक्तानी हुन बाँकी रहेको बीमा समितिले जनाएको छ । 

समितिका अनुसार गत आर्थिक वर्षमा जीवन बीमातर्फ रु.९ अर्ब ८८ करोड १४ लाखबराबरका ६३ हजार वटा बीमालेखहरु व्यतित(सरेन्डर) भएका छन् ।       


Share this with your friends: