दोहोरो अंकले घट्यो नेप्से, राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट

12 दिन अगाडी
दोहोरो अंकले घट्यो नेप्से, राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक २७७.८६ अंकले घट्दै १३३४१.७६ बिन्दुमा झर्यो। यो दिन जीवन बीमा उपसूचक पनि १४४.६८ अंकले ओरालो लाग्दै १६४२१.३७ बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्दै प्रतिकित्ता ७२८ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा चारवटा बीमा कम्पनी परे। आज राष्ट्रिय बीमा कम्पनीकोे सेयरमूल्य ५.५६ प्रतिशतले घट्दै प्रतिकित्ता १९४५० रुपैयाँ कायम भयो। त्यस्तै एलआईसी नेपालको सेयरमूल्य ३.६४ प्रतिशत, अजोड इन्स्योरेन्स ३.५० र सानिमा जनरल इन्स्योरेन्सको सेयरमूल्य २.८२ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक १८.५४ अंकले ओरालो लाग्दै २९२९.२८ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२२ कम्पनीका १ करोड ६ लाख ३९ हजार ८२६ कित्ता सेयर ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँमा किनबेच भयो। 

आज सबै उपसूचकमा गिरावट आयो। बैंकिङ उपसूचक ४.१ अंकले घटेको आज व्यापार २२.५९, होटल एण्ड टुरिजम १७.४६, विकास बैंक ६६.८४, हाइड्रोपावर ३०.८३, वित्त २६.६७, उत्पादन तथा प्रशोधन ६७.३९, अन्य ८.७१, लघुवित्त ६८.६२, म्युचुअल फन्ड ०.०३ र लगानी समूह ०.७८ अंकले घट्यो। 

आज मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य सर्वाधिक बढ्यो। कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्दै पोजेटिभ सक्रिर्ट लाग्यो। त्यस्तै सानिमा लाइफको सेयरमूल्य ९.९९, रैराङ हाइड्रोपावर ५.०४ र कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकको सेयरमूल्य ३.४६ प्रतिशतले बढ्यो। 

आज राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ५.५६ प्रतिशतले घट्यो। 

यो दिन अरुण भ्यालि हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको २७ करोड ३ लाख बढीको सेयर कारोबार भयो भने रैराङ हाइड्रोपावर २२ करोड ७९ लाख र युनाइटेड मोदि हाइड्रोपावरको २२ करोड ३४ लाख बढीको सेयर कारोबार भयो।   

 


Share this with your friends: