निर्जीवन बीमा कम्पनीहरुद्वारा ३१.७० अर्ब बीमाशुल्क आर्जन, कुनको कति ?

1 महिना अगाडी
निर्जीवन बीमा कम्पनीहरुद्वारा ३१.७० अर्ब बीमाशुल्क आर्जन, कुनको कति ?

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा ३१ अर्ब रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेका छन्। बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार आ.व २०७७/७८ को चौथो त्रैमाससम्ममा २० वटा निर्जीवन बीमा कम्पनीहरुले ३१ अर्ब ७० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। 

समिक्षा अवधिसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यो अवधिसम्ममा ३ अर्ब ९७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। त्यस्तै सगरमाथा इन्स्योरेन्स सूचीको दोस्रो स्थानमा रहेको छ। कम्पनीले यो अवधिसम्ममा २ अर्ब ६५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। तेस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले २ अर्ब ४१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। 

२ अर्ब ३२ करोड रुपैयाँ आर्जन गर्दै सिद्धार्थ इन्स्योरेन्स चौथो स्थानमा रहेको छ। त्यस्तै एनएलजी इन्स्योरेन्सले २ अर्ब ८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। बीमाशुल्क आर्जनका आधारमा कम्पनीले सूचीको पाचौँ स्थानमा रहेको छ। 

यसैगरी यो अवधिसम्ममा राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ६३ करोड, आइएमई जनरल १ अर्ब ५२ करोड, लुम्बिनी जनरल १ अर्ब ३६ करोड, प्रभु इन्स्योरेन्स १ अर्ब ३५ करोड, प्रुडेन्सियल इन्स्योरेन्स १ अर्ब २८ करोड, नेपाल इन्स्योरेन्स र अजोड इन्स्योरेन्स १ अर्ब २७ करोड, ओरियन्टल इन्स्योरेन्स १ अर्ब १६ करोड, प्रिमियर इन्स्योरेन्स १ अर्ब ९ करोड र युनाइटेड इन्स्योरेन्सले १ अर्ब ५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। 

हिमालयन जनरलले १ अर्ब ३ करोड, नेशनल इन्स्योरेन्स ८७ करोड र जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सले ६५ करोड रुपैयाँ बीमाशुल्म आर्जन गरे।   

 


Share this with your friends: