नेपाल लाइफ इन्स्योरेन्स र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सम्झौता

15 दिन अगाडी
नेपाल लाइफ इन्स्योरेन्स र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सम्झौता

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सम्झौता भएको हो । सम्झौतासँगै ग्लोबल कलेजका विद्यार्थीहरुका लागि नेपाल लाइफमा इन्टर्न गर्ने अवसर पाउने छन् । त्यसैगरी जीवन बिमा शिक्षामा नेपाल लाइफले ग्लोबल कलेजलाई सघाउने सम्झौतामा उल्लेख छ । बिमा सचेतना अभियानमा ग्लोबल कलेजको साथ सहयोग रहने समेत सम्झौतामा समेटिएको छ ।

नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र ग्लोबल कलेजका तर्फबाट प्रिन्सिपल डा। देवराज पनेरुले सम्झौता पत्रमा हस्ताक्षर गरे । उक्त कार्यक्रममा नेपाल लाइफका मानव संशाधन प्रमुख बन्दना शर्मा तथा ग्लोबल कलेजका प्रोगाम कोअर्डिनेटर विराज घिमिरे उपस्थित थिए ।


Share this with your friends: