नेपाल इन्स्योरेन्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

6 महिना अगाडी
नेपाल इन्स्योरेन्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित ११ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ५३१.५३ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५९० रुपैयाँ थियो। 

कम्पनीले गत आर्थिक वर्षका लागि ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांस गरी कुल ११.५७८९ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ ।  

यो लाभांस कम्पनीको आगामी जेठ ३० गते आयोजना हुने ७३ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ।      


Share this with your friends: