प्राइम लाइफको बीमाशुल्क आर्जन १३.६८%ले बढ्यो, मुनाफाको अवस्था कस्तो ?

6 दिन अगाडी
प्राइम लाइफको बीमाशुल्क आर्जन १३.६८%ले बढ्यो, मुनाफाको अवस्था कस्तो ?

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा ३ अर्ब ४९ करोड ४६ लाख २२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १३.६८ प्रतिशतले धेरै हो। गत आ.व.को तेस्रो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ७ करोड ६६ लाख ८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ९६ करोड ५० लाख १२ हजार रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको तेस्रो त्रैमाससम्ममा यो रकम ८६ करोड ८७ लाख ९७ हजार रुपैयाँमा सीमित थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीले ९२ करोड ९६ लाख ७४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले रकम ८० करोड ६९ लाख ५३ हजार रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले खुद नाफा बढाएको छ। तेस्रो त्रैमासको अन्त्यसम्म कम्पनी १८ करोड ९५ लाख ४३ हजार  रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा १७.०९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले २२ करोड ८६ लाख २५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्ममा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ।

कम्पनीको व्यवस्थापन खर्च ४४ करोड ७५ लाख ७६ हजार रुपैयाँ छ। अघिल्लो वर्ष कम्पनीको व्यवस्थापन खर्च ४३ करोड ६५ लाख २ हजार रुपैयाँ थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बढेर १७ अर्ब ६३ करोड ११ लाख ३७ हजार रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा २५.९० प्रतिशतले बढी हो।

अघिल्लो वर्ष कम्पनीको जीवन बीमा कोषको आकार १४ अर्ब ३६ लाख १९ हजार रुपैयाँमा सीमित थियो। अघिल्लो वर्ष ६२ करोड ५२ लाख ९९ हजार रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार घटेर ५० करोड ५४ लाख ८८ हजार रुपैयाँमा सीमित भएको छ। त्यस्तै समीक्षा अवधिसम्म कम्पनीले १७ लाख ५९ हजार ३४४ बीमालेख जारी गरेको छ।

अघिल्लो वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले १७ लाख ३३ हजार ८५३ बीमालेख जारी गरेको थियो। कम्पनीको प्रति सेयर आम्दानी(इपिएस) ९.०९ रुपैयाँ, प्रति सेयर नेटवर्थ १२४.५४ मूल्य आम्दानी अनुपात ७४.२४ गुणा र प्रति सेयर सम्पत्तिको मूल्य ७९०.९४ रुपैयाँ रहेको छ ।


Share this with your friends: