मुक्तिनाथ विकास बैंकका ग्राहकले महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा विशेष छुट पाउने

14 दिन अगाडी
मुक्तिनाथ विकास बैंकका ग्राहकले महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा विशेष छुट पाउने

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा विशेष छुट पाउने भएका छन् । यस विषयमा बैंक र अस्पतालबीच सम्झौता भएको छ ।  

यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले बसुन्धारामा रहेको महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा बेड चार्ज, डाएग्नोस्टिक –इन हाउस, फार्मेसी, प्रक्रियामा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन्। 

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। 

त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाका लागि ९८०१११००२२, कर्जा सेवाका लागिस् ९८०१११००२३( आदि जस्ता सेवा बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ। 


Share this with your friends: