मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ गतेदेखि आईपीओ निष्कासन गर्ने

14 दिन अगाडी
मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आगामी साउन १४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँबराबरको रु.१०० अंकित दरका ७ लाख ३६ हजार २८६ कित्ता सेयर निष्कासन गर्न लागेको हो । 

निष्कासन हुने सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६हजार ८१४ कित्ता म्युचुअल फन्डका लागि सुरक्षित राखि बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो । 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन बन्द छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गते बैंकिङ समयपछि हुनेछ । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट गत असार २३ गते स्वीकृति प्राप्त गरेको थियो । यो कम्पनीलाई केयर रेटिङ नेपाल लिमिटेडले ‘केयर एनपी–डी रेटिङ प्रदान गरेको छ । यो रेटिङ प्राप्त गर्ने संस्थाले वित्तीय दायित्व पुरा नगरेको वा  छिट्टै पुरा गर्न नसक्ने जनाउँदछ ।     


Share this with your friends: