राप्ती हाइड्रोद्वारा आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन

13 दिन अगाडी
राप्ती हाइड्रोद्वारा आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन

काठमाण्डौ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत भदौ ८ गते आवेदन दिएको हो । 

कम्पनीले २९ करोड ४१ लाख ४१ हजार रुपैयाँको रु.१०० अंकित दरका २९ लाख ४१ हजार ४१० कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो । 
बोृर्डबाट अनुमति माग पाएपछि कम्पनीले आयोजना प्रभावित र आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 


Share this with your friends: