लक्ष्मी बैंकद्वारा सिराहाको मिर्चैयामा १३२ औँ शाखा सञ्चालन

22 दिन अगाडी
लक्ष्मी बैंकद्वारा सिराहाको मिर्चैयामा १३२ औँ शाखा सञ्चालन

काठमाण्डौ। लक्ष्मी बैंकले सिराहा जिल्लाको मिर्चैया नगरपालिका वडा न. ६ स्थित कटारी चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा १३२औँ शाखा सञ्चालनमा ल्याएको हो । 

नयाँ शाखामार्फत बैकंले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु ााझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको जनाएको छ। यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १३२ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६१ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ।


सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको जनाएको छ।

यो शाखाको विस्तारसँगै बैंकले ग्राहकलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ।


Share this with your friends: