सामान्य अंकले घट्यो बजार, बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

13 दिन अगाडी
सामान्य अंकले घट्यो बजार, बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १५६.८४ अंकले घट्दै १२१२८.४२ बिन्दुमा झर्यो। आज जीवन बीमा उपसूचक पनि २३.२६ अंकले घट्दै १४६९६.९५ बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा तीनवटा बीमा कम्पनी परे। आज नेपाल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य २.८७, युनाईटेड इन्स्योरेन्स २.८४ र आईएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य २.७५ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा सामान्य अंकको गिरावट आयो। परिसूचक ३.२२ अंकले ओरालो लाग्दै २७३१.७८ बिन्दुमा झर्यो। यो दिन बजारमा २३३ कम्पनीका ७४ लाख ८६ हजार ५७५ कित्ता सेयर ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३३१ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा ३ वटा उपसूचकमा मात्रै हरियाली छायो। होटल एण्ड टुरिजम उपसूचक आज सबैभन्दा धेरै अंकले बढ्यो। यो उपसूचक २५.६६ अंकले बढ्यो। यसैगरी अन्य उपसूचक १९.५१ र बैंकिङ उपसूचक ९.७७ अंकले बढ्यो।

व्यापार उपसूचक ४३.१६ अंकले घटेको आज विकास बैंक ७०.८७, हाईड्रोपावर २७.४८, वित्त २, उत्पादन तथा प्रशोधन ३१.९७, लघुवित्त ५१.४१, म्युचुअल फन्ड ०.०२ र लगानी उपसूचक ०.४९ अंकले घट्यो। 

आज सम्वृद्धि फाइनान्सको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ९.२७ प्रतिशतले बढ्यो। सामलिंग पावरको सेयरमूल्य ८.१७, तारागाँउ रिजेन्सी होटल ५.९५ र कुमारी बैंकको सेयरमूल्य ४.०९ प्रतिशतले बढ्यो। 

आज मानुषी लघुवित्तको सेयरमूल्य सर्वाधिक घट्यो। कम्पनीको सेयरमूल्य ६.९३ प्रतिशतले घट्यो। 

यो दिन एनटीसीको सर्वाधिक सेयर कारोबार भयो। एनटीसीको आज २६ करोड ५७ लाख बढीको सेयर कारोबार भयो भने महालक्ष्मी विकास बैंकको १६ करोड २१ लाख र सिभिल बैंकको १४ करोड ७९ लाख बढीको सेयर कारोबार भयो।  

 

 


Share this with your friends: