‘नबिल ब्यालेन्सड् फन्ड ३’ को इकाइ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

12 दिन अगाडी
‘नबिल ब्यालेन्सड् फन्ड ३’ को इकाइ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘नबिल ब्यालेन्सड् फन्ड ३’ को इकाइ खरिदका लागि आवेदन दिने आज(भदौ २९ गते)अन्तिम दिन रहेको छ । नबिल बैंक कोष प्रवद्र्धक तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ गत भदौ २५ गतेदेखि निष्कासन गरिएको हो । 

प्रति इकाइ मुल्य रु.१० दरको ४० करोड इकाइमध्ये बीज पूँजी बापत १५ प्रतिशत कोष प्रवद्र्धक नबिल बैंक लिमिटेडका लागि सुरक्षित राखि र १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाइ योजना व्यवस्थापकका लागि सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरिएको हो ।  

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु(आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। 


Share this with your friends: