‘रिलायन्स लाइफमा बिमा गर्नेलाई सुरक्षणसँगै वार्षिक ५% रकम फिर्ता गर्छौ’

12 महिना अगाडी
‘रिलायन्स लाइफमा बिमा गर्नेलाई सुरक्षणसँगै वार्षिक ५% रकम फिर्ता गर्छौ’

प्रवीणरमण पराजुली(प्रमुख कार्यकारी अधिकृत)-रिलायन्स लाइफ इन्स्योरेन्स


यसले हरेक वर्गको मानिसलाई समेट्न सक्छ । जस्तै, रेगुलर प्रिमियम वा सिंगल प्रिमियम तिरेर यो पोलिसी ग्राहकले लिन सक्छन् । मान्छेले क्वार्टर्ली, एनुअल्ली प्रिमियम तिर्दै गर्दै जान समेत मिल्छ । पोलिसी जति समयका लागि लिन्छ, त्यो समयसम्मलाई पनि प्रिमियम तिर्न मिल्यो । हाई नेटवर्थ भएको व्यक्ति वा कन्ट्रक्याचुल एम्प्लोइमेन्टमा बसेको मान्छे, जस्तो वैदेशिक रोजगारीमा गएका मानिसहरु होलान् । त्योखालको रोजगारीमा बसेकाहरुको केशमा, एउटा सर्टेन टाइम क्यास फ्लोको सर्टेनटी(निश्चितता) होला, त्यसपछिको सुनिश्चितता नहुन सक्ला । त्यसकारण यो प्रडक्टले त्यस्ता वर्गलाई समेत एकमुष्ठ प्रिमियम तिरी पोलिसी किनी लाभान्वित गर्छ ।नयाँ जीवन बिमा कम्पनीमध्ये व्यवसाय बिस्तारमा तपाईहरु निकै आक्रामक देखिनुभएको छ । पछिल्लो पटक यहाँहरुले लञ्च गरेको नयाँ प्रडक्टको सर्वत्र चर्चा छ, यो कस्तो प्रडक्ट हो ?
-यो रिलायन्स फिक्स्ड डिपोजिट प्रोटेक्सन प्लान भन्ने प्रडक्ट हो । यो भनेको एनुअल मनी ब्याक(वार्षिक रुपमा पैसा फिर्ता हुने) प्रडक्ट हो । 

त्यसपछि यस प्लानमा वार्षिक रुपमा जति रकमको इन्स्योरेन्स गरिन्छ, त्यसको ५ प्रतिशत रकम हामीले ग्राहकलाई फिर्ता दिन्छौ । यो भनेको प्रत्येक वर्षको क्यासब्याक हो । 

यसरी आयो भन्यो लमसम अमाउण्ट दिने मानिसले समेत आजको दिनमा बचत गर्यो, सुरक्षण समेत भयो । आफूले लिएको इन्स्योरेन्स बराबरको एउटा लमसम अमाउण्ट दिए पनि र आफ्नो रेगुलर प्रिमियम तिरे पनि टोटल अमाउण्टको सुरक्षण समेत दिएका छौ । 

बैंकको फिक्स्ड डिपोजिटमा त्रैमासिक वा अर्धवार्षिक ब्याज भुक्तानी होला, तर सुरक्षण भने ग्राहकले प्राप्त गर्न सक्दैन । तर यस प्लानले त्यही खालको विशेषतालाई कभर गर्दै बैंकको मुद्दती निक्षेप जस्तै ५ प्रतिशत क्यासब्याक दिन्छ, वार्षिक रुपमा । त्यो एउटा रिटर्नले मानिसलाई आफ्नो दैनिक रुपमा रहेको आर्थिक आवश्यकता पूरा गर्न सहयोग गर्छ । यहीकारण यसलाई फिक्स्ड डिपोजिट प्रोटेक्सन प्लान भनेका हौ । 

बिमितलाई भवितव्य केही भइदियो भने हामीले प्रत्येक वर्ष ५ प्रतिशतका दरले दिएको क्यासब्याक नकाटी उहाँहरुलाई सम एस्योर्ड(बिमांक रकम) र बोनस जे जति कमाइएको छ, त्यो फिर्ता गरिदिन्छौ । 

अर्को विशेषता पनि छ । सिंगल प्रिमियम लमसममा तिर्नेमा सिंगल कभरेज पनि छ र डबल कभरेज पनि लिन सकिन्छ । केही भइहाल्यो भने वार्षिक रुपमा दिएको रिटर्नलाई नकटाई बिमांक रकमको डबल पैसा पाइन्छ र बोनस पनि पाइन्छ । 

उदाहरणका लागि कसैले १ करोडको बीमा १५ बर्षको लागि गर्यो भने उसलाई बीचमै (१० बर्ष) केही भइहाल्यो भने उसले डबल कभरेजको हकमा बार्षिक रु ५ लाखको दरले लिएको रकम नकटाई एकमुष्ठ रु.२ करोड पाउने भयो भने नियमित कभरेजको हकमा बार्षिक रु ५ लाखको दरले लिएको रकम नकटाई बीमाङ्क रकम रु.१ करोड पाउने भयो । 

र, थप बोनस पनि पाइयो । 

यसको मुख्य विशेषता भनेको वार्षिक रुपमा क्यासब्याक र प्रोटेक्सन पनि भन्ने हो । यस्तै, क्यास फ्लो बढेको समय छ भने पोलिसीको साइज पनि तपाईले बढाउन सक्नुहुन्छ । फाइनान्सियल कुसन छ, पहिलो वर्षमा म ठूलो पोलिसी लिन सक्छु र दोश्रो बर्षमा चाहि तिर्ने क्षमतामा ह्रास आउने निश्चित छ भने बार्षिक क्यासब्याक रकम बीमा तिर्नका लागि समेत उपयोग गर्न सकिन्छ र बाँकी रकम मात्र बीमितले जोहो गरे हुन्छ । 

लञ्च भएको छोटो समयमा रेसपोन्स कस्तो छ ?
-एकदमै राम्रो छ । किनभने बजारमा सिंगल प्रिमियमा वार्षिक क्यासब्याक दिने कुनै प्रडक्ट नै छैन । आजको दिनसम्म सिंगल प्रिमियम प्रडक्ट छन्, तर मनिब्याकको स्किम छैन । यसकारण समेत यो फिक्स्ड डिपोजिटको विशेषता भएको प्रडक्ट हो । 

पछिल्लो समय तपाईहरु नवीन प्रडक्टसहित बजारमा उत्रिनु भएको छ, अन्य प्रडक्ट चाहि कस्ता–कस्ता छन् ?
-यो बाहेक हाम्रो आजको दिनमा ७ वटा जति प्रडक्ट छन् । आधारभूत रुपमा सबैसँग मिल्ने खालकै पनि छन् । जस्तो हामीले बचतको लागि इन्डाउमेन्ट र होल लाइफ, जोखिम बहन गर्नका लागि टर्म लाइफ लगायतका पोलिसी पनि ल्याएका छौ । 

हाम्रो फरक विशेषतासहितको प्रडक्ट भनेको चाइल्ड प्लान पनि हो । भोलिका दिनमा अभिभावकलाई केही भइहाल्यो भने एकदुईवटा कुरा प्रडक्टको फिचर्समा इम्बेड नै गरिदिएका छौ । जस्तै, गार्जेनलाई केही भयो भने उसको फाइनान्सियल सेक्युरिटी त भएन नि, क्यास फ्लो त भएन । त्यसकारण सुरक्षा चाहियो नि । त्यसकारण यो स्किममा गार्जेनलाई केही भवितव्य भयो भने उसलाई त्यो पोलिसीको  त्यो घटना पछिको प्रिमियम तिर्न पर्दैन । बिमांक रकमको १ प्रतिशत बराबरको रकम प्रत्येक महिना यो पोलिसी अवधिभर बच्चाले पाउँछ । त्यो पोइन्टअफ टाइममा जतिको इन्स्योरेन्स गरेको हुन्छ(बिमांक रकम) गरेका हुन्छ, त्यो बराबरको लमसम अमाउण्ट पनि पाउँछ । पोलिसी परिपक्व भएपछि पनि उसले बिमांक रकम र बोनस पनि पाउँछ । यसरी दुवैतर्फ बिमांक रकमको सुविधा पाउने विशेषता छ । यस्तो विशेषता पनि कमै प्रडक्टमा हुन्छ । यो कभरेजमा हामी नवीन छौं । 

हाम्रो जहिले पनि फोकस ग्राहकको आवश्यकतामा आधारित हुन्छ । प्रडक्टमा मिनिमम चाहिने रिस्क कभरेज के हो, यसमा हामी ध्यान दिन्छौ । 
अर्को, नवीन प्रडक्ट भनेको हाम्रा कुनै पनि पोलिसीहरु सबैमा हामीले इम्बेड गर्न मिल्ने घातक रोगहरुका लागि सुरक्षण भन्ने पनि छ । ७, ११ र १८ घातक रोगहरुको रक्षावरण पनि थपेर गर्न सक्छौं । यस्तोमा हामीले ५० लाखसम्मको कभरेज दिन सक्छौ । यसकारण हाम्रा प्रडक्टहरुमा नवीन विशेषताहरु पनि छन् । एउटा रिस्क कभरेज हुनुपर्छ र अर्को आवश्यकता अनुसारको प्रडक्ट हुनुपर्छ भन्ने हाम्रो धारणा हो । 

हाम्रा छिमेकी देशका बजारहरुमा बिमा प्रडक्टमा विविधता देखिन्छ । तपाई लगायत केही कम्पनी नवीन योजनासहित बजारमा आउनुभएको छ । अब नेपालमा समेत बिमामा नयाँ प्रडक्टहरुको युग सुरु भएको हो ?
-हामी सर्भिस सेक्टरमा छौ भने दुईवटा कुरा महत्वपूर्ण हुन्छ । एउटा नवीन प्रडक्ट हुनपर्यो र त्यसको सर्भिस डेलिभरी पनि राम्रो हुनुपर्छ । 

पोलिसी बिक्रीको सही बाटो पनि हुनुपर्छ । प्रडक्टमा नवीन बन्न सकेनौ भने जीवन बिमा सेवा प्रवाह गरिरहेका कम्पनीहरुबीचमा हाम्रो पृथकता के त ? सेवामूलक क्षेत्रमा बसेपछि हामी फरक देखिने भनेकै प्रडक्ट लाइनमा हो र अर्को त्यसको सर्भिस डेलिभेरीमा हो । यी दुई कुरामा अब्बल नभई कुनै पनि संस्थाको पृथकपन प्रमाणित हुँदैन । 

हामीमा जीवन बिमा कम्पनीको संख्या १९ पुगिसकेको छ । यस्तो बीचमा संस्थाले ती दुई कुरामा ध्यान दिएन भने आफूलाई फरक रुपमा उभ्याउन सक्दैन । बिजिनेश होला, त्यसले मात्र फरक रुपमा चिनाउँदैन । प्रडक्टहरुमा नवीनता चाहियो, सेवा प्रवाह चुस्तदुरुस्त हुनुपर्यो । यस्तै कुराले संस्थाको ब्राण्ड भ्यालू बलियो बन्ने हो । 

आफ्नो कम्पनीको भ्यालू क्रिएसन गर्नलाई प्रिमियम कलेक्सनसँगै प्रडक्ट पनि नवीन खालको ल्याउन सक्नुपर्यो, क्लाइन्टलाई पनि हिजोको दिनभन्दा राम्रो सेवा पाइरहेका छौ भन्ने सन्तुष्टि हुनुपर्यो । 

सर्भिस इण्डस्ट्रीमा बसेपछि हामीले आफूलाई मात्र हेर्ने भन्दा पनि ओभरअल हाम्रो इकोसिस्टममा हुने स्टेकहोल्डरहरु, त्यो रेगुलेटर किन नहोस्, हामी किन नहोऊ, हाम्रा प्रोमोटर किन नहोउन्, हाम्रा क्लाइन्ट किन नहोउन् । सबैको विन विन सिचुएसन क्रियट हुनुपर्छ । सबैले यो संस्थाले केही न केही फरकपना बजारमा सिर्जना गरेको छ है भन्ने अनुभूत गर्न सक्नुपर्छ । यो प्रिमियमको कुरा मात्र होइन । प्रिमियम चाहिन्छ, तर योसँगै यी सबै कुरा चाहिन्छ भन्ने कुरा चाहि बढी महत्वपूर्ण हुन्छ । 

तपाईहरुको पृथक यात्राको आगामी योजना चाहि के छन् ?
-हाम्रो बोर्डको भिजन क्लियर छ । बोर्ड आफैं सहभागी भएर हामीलाई इनोभेसन बन्न सहयोग गरिरहनुभएको छ । उहाँहरुबाट क्लियर म्यासेज छ, यसलाई पृथक ढंगले अगाडि बढाउन खोज्नुभएको छ । यो संस्थाले हिजोको दिनमा मार्केटमा भएको सशक्त पक्षलाई लिन सकोस्, मार्केटमा भएको गलत पक्षलाई डे वानबाटै छाड्न सकौं । ताकि, संस्था पृथक ढंगले अगाडि बढ्न सकोस् भन्ने उद्देश्य छ । हामी कम्पनीलाई फरक ब्राण्डको बनाउन खोजिरहेका छौ । 

मेरै उदाहरण दिनुहुन्छ भने विगत १५ वर्षदेखि बैंकिङ उद्योगमा आबद्ध थिएँ, इन्भेष्टमेन्ट बैंकिङ हेरिरहेको मान्छे म यस संस्थाको नेतृत्व गरिरहेको छु । नयाँ यो उद्योगका लागि फरक केही किन नगर्ने ? हाम्रो हेर्ने नजरिया नै फरक छ । बोर्डदेखि सिनियर म्यानेजमेन्ट तहसम्म नै फरक सोच्ने व्यक्ति छौ । 
अस्तित्वमा रहेको पुरातन मेकानिजमलाई मात्र लिएर अगाडि बढे पृथक बन्न सकिन्न भन्ने कुरामा हामी प्रष्ट छौ । 

म्यानेजमेन्टमा हामी युवा छौ, सबै साथीहरु डाइनामिक हुनुहुन्छ । मान्छेले भनेका कुरा सुन्ने हाम्रो बानी छ । हाम्रो सेक्टरमा हामी विज्ञ भए पनि सुझावहरुले हाम्रा लागि महत्वपूर्ण अर्थ राख्छन् । कसैको आलोचना पनि सहन सक्नुपर्छ, हामी सहन्छौ र अगाडि बढ्छौ। 

यसकारण हामी सबै खालका प्रतिक्रिया लिन तयार छौ । संस्था भिजन अनुसार अगाडि बढ्नेछ । प्रडक्ट, सर्भिस, ब्राण्डिङ, बजारको उपस्थिति र अन्य कुराहरुको हिसाबमा समेत आगामी दिनमा हाम्रो यो पृथकपनलाई अघि बढाउनेछौं । हामी जे पनि गर्नुपर्छ भनेर लागेका छैनौ । सही ढंगले अगाडि बढिरहेकै कारण हाम्रो ग्राजुएल्ली विकास भइरहेको छ । संस्था सही ढंगमा र बलियो गरी अगाडि बढेको छ । तपाईहरु जस्ता संचारकर्मीले इभालुएसन गरेर यहाँ आउनुभएको छ, यो नै हाम्रा लागि महत्वपूर्ण छ ।

आजको अवस्थामा तपाईको विजिनेश पोजिसन के हो ?
-गत क्वार्टरको हिसाबले हेर्यौं भने हाम्रो अवस्था बलियो बन्दै आएको छ । फेरि, यो क्षेत्रमा तुलना गर्न गाह्रो पनि छ । पुराना कम्पनी पनि यहाँ धेरै छन् । यो विजिनेशमा क्युमिलेटिभ विजिनेश हुन्छ । दशौ वर्षदेखि चलिरहेको संस्थालाई हामीले तुलना गर्नु हुँदैन । तर, प्रत्येक वर्ष थपिने विजिनेशमा हामी कहाँ छौ भन्ने कुरा चाहि महत्वपूर्ण हुन्छ । 

फ्रेस विजिनेशको हिसाबले हेर्दा गत त्रैमासमा नयाँ ९ वटा संस्थामाझमा हामी प्रिमियम संकलनको हिसाबले छैठौको हाराहारीमा थियौं । त्यो बेलाको वित्तीय स्थितिलाई हेर्यौं भने हामीसँग वैदेशिक रोजगार बिमाको हिस्सा थिएन । त्यो कारणले पोलिसीको संख्या र त्यसको आकारका कारण केही पछाडि जस्तो पनि देखिएला । अब त्यो सेवा पुलमा आयो, हामी पनि गर्दैछौं । त्यो पार्टलाई हटाउने हो भने हाम्रो नम्बर अझै बेटर आउँछ होला । किनभने राम्रै गर्ने साथीहरुको विजिनेशमा त्यो पार्टले ५० प्रतिशतसम्म भूमिका खेलेको देखिएको छ । 

फरक क्षेत्रबाट आउनुभएको व्यक्ति हो तपाई । तपाईको अनुभवमा बैंकिङ बजारमा तरलताको समस्याले बिमा व्यवसायमा कस्तो प्रभाव पार्दो रहेछ ?
-तरलताको कारणले बिमा गर्नेको हकमा खास ठूलो प्रभाव नपार्ला । किनभने कसैले लोन लिएर बिमा गर्ने होइन । तपाईले नियमित कमाईबाट बिमा गर्ने हो । 

उदाहरणका लागि मैले महिनाको १० हजार कमाइरहेको छु, मेरो रेगुलर खर्च ६ हजार छ भने मेरो डिस्पोजेबल फण्ड ४ हजार चाहि मैले बिमा गर्ने अमाउण्टको हिसाबले हेर्नुपर्छ । बेसिक नीड कभर नभई बिमा गर्ने भन्ने कुरा हुँदैन । बिमा पनि न्यूनतम आवश्यकता हो, तर खानै छाडेर बिमा गर्ने पनि होइन । आधारभूत आवश्यकता पूरा गरेर बिमा गर्ने हो । 

यस्ता आवश्यकतालाई हटाइसकेपछि बाँकी रहेको फण्डलाई फजूल खर्चमा जानुभन्दा अगाडि बिमामा आउनुपर्छ । यो हिसाबले बिमा हुनुपर्ने हो। 
भनेपछि यो समस्या कतै जोडिन्न ?

-लोन नै लिएर बिमामा लगानी गर्दैनन् होला मान्छेले । तर कहाँ चाहि होला भने भित्री लिंक चाहि, जस्तै म अन्टरप्रेनियर भएँ, व्यवसाय गरेर बस्छु, व्यवसाय गर्न ऋण नै लिन्छु होला । यो पाटोबाट फरक होला । समयमै क्यास फ्लो नहोला, उसको डिस्पोजेबल फण्ड घट्ला, त्यो कोणबाट केही प्रभाव पर्न सक्ला । किनभने इकोसिस्टममा त त्यही हो नि । तर, ऋण नै लिएर बिमामा आउने भने होइन । सोझो असर नपरे पनि घुमाउरो असर चाहि पक्कै पर्छ । इकोसिस्टममा पर्ने प्रभाव होला, जुन अत्यन्त न्यून हुनेछ । तर, यस्तो कारणले इन्भेष्टमेन्ट रिटर्नमा चाहि असर हुनसक्छ । बीमा कम्पनीले गर्ने लगानीको धेरै हिस्सा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा रहने हुँदा सो प्रतिफल भने पक्कै राम्रो प्राप्त गर्न सकिन्छ । 

तपाईहरुले सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया कहाँ पुग्यो ?
-गत वर्षको एजीएमबाट हामीले ६३ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने प्रस्ताव पारित गरिसकेका छौ । जारी पूँजी २ अर्ब १० करोड र १ अर्ब ४७ करोडको चुक्तापूँजी छ । हामीले २ अर्ब १० करोडको चुक्तापूँजी पुर्याउन आइपीओ प्रक्रिया थालिसकेका छौ । बिमा समितिमा स्वीकृतिका लागि समेत पेश गरेका छौ र सोको प्रतिक्षामा छौं । साथै, इस्यू म्यानेजर नियुक्त गर्ने, बिमा समितिबाट स्वीकृति लिने, रेटिङको प्रक्रिया थाल्ने लगायतको बिषयमा चाहि काम गरिरहेकै छौ । मलाई लाग्छ अर्को आर्थिक वर्षको यथासक्दो चाँडो हामीले आइपीओ निश्कासन गरिसक्छौ होला ।

आजको मितिमा तपाईको विश्लेषणमा नेपालको बिमा क्षेत्रको अवसर र र चुनौति के हो ?
-एक वर्षअघि बिमाको कभरेज ७ प्रतिशतमा थियो भने अहिले १४ प्रतिशतको हाराहारीमा पुगिसकेको छ । हामीले एकवर्षमै छलाङ मारेका छौ । यसरी हेर्दा हाम्रा सामु अवसर नै अवसर छ । संस्थाहरु बढिरहेकै छन्, शाखा बिस्तार भइरहेकै छ । आक्रामक रुपमा प्रडक्टहरु पनि आइरहेकै छन् । त्यसकारण सरकारले ३ वर्षमा २५ प्रतिशत कभरेज पुर्याउने भनेको लक्ष्य धेरै टाढा छैन जस्तो लाग्छ । 

तर, केही चुनौति पनि छन् । बिमाको कभरेजका लागि कतिपय सरकारी नीति कमजोर छन् । ट्याक्स सेभिङको पार्टमा सरकारले खुल्ला हृदय बनाउन आवश्यक छ । महंगीको दर हेर्दा १०–१५ वर्षअघिको २० हजार र अहिलेको २० हजार एउटै हो र ? ५ हजार त्यसमा थपेर खासै ठूलो असर नपर्ला ? त्यसकारण बिमाको कभरेज बढाउन कतिपय नीतिहरुमा सरकारले खुल्ला बन्न सक्नुपर्छ भने सरकारी स्तरबाटै बिमा सचेतनालाई प्राथमिकतामा राख्नुपर्छ । 

सरकार, बिमा समिति र हामी बिमा कम्पनीहरुलाई समेत समावेश गरी व्यापक स्तरमा बिमा चेतना फैलाउन आवश्यक छ । 

हामीले पनि गरिरहेकै छौ । हाम्रा ६८ वटा शाखा छन्, हामीले ती शाखाबाट प्रत्येक महिना न्यूनतम ५० जनालाई अवेरनेस गरिरहेका छौ । तर, बिमाको कोणबाट राष्ट्रिय स्तरको तरंग पैदा गर्न सरकारले विशेष ध्यान दिनुपर्छ । 

मान्छेमा बिमाको सचेतना नै छैन । पछिल्लो समय बैंक र क्यापिटल मार्केटमा मानिसको सचेतना बढिरहेको छ, तर बिमामा त्यस्तो छैन । मानिसलाई अत्यावश्यक छ भन्ने अनुभूति नै छैन । मुख्य कुरा नै सचेतना हो। 

ग्राहकले के कभरेज चाहन्छ, कस्तो पोलिसी चाहन्छ भन्ने कुरा बझ्नुपर्छ । 

कुनै पनि सूचना कसरी प्रवाह गर्ने, मानिसको क्षमता अनुसारको कभरेज होस् भन्ने कुरामा पनि विशेष ध्यान दिन आवश्यक छ । बिमा समितिकै ट्रेनिङ इन्स्टिच्यूट आइसकेको छ । बिमाका कर्मचारीलाई मात्र होइन, एजेण्टहरुलाई पनि फरक तालिम चाहिरहेको हो कि जस्तो लाग्छ । अलिक फरक ढंगले सोच्नुपर्छ कि जस्तो लाग्छ । किनभने हामीले फाइनान्सियल प्रडक्ट बेचिरहेका छौ । हामीले आफूमा एउटा क्षमता बृद्धि गर्न आवश्यक छ । 

नेशनल लेभलको स्पष्ट बिमा भिजन आउनुपर्छ । यो हुन सक्यो भने डिमाण्ड आफैं बढ्छ । अवेयरनेस भएपछि विजिनेश ग्रोथ आफैं हुन्छ ।

बिमा कम्पनीहरुबीचकै अस्वस्थ प्रतिस्पर्धाको पनि आलोचना हुने गर्छ । प्रडक्टहरुको डुप्लीकेसन तथा कर्मचारी र एजेन्टहरुको तानातान पनि देखिने गरेको छ । यो प्रवृतिले चाहि यो उद्योगलाई के प्रभाव पार्छ?
-नयाँ संस्था आउँदा त्यसका लागि आवश्यक आधारभूत कुरा पनि हुन्छन् । हामीलाई चाहिने रिसोर्सेजहरु पनि हुन्छन्, त्यो लिनु नै गलत हो चाहि भन्नुभएन । संस्था आइसकेपछि त्यहाँ सबै नयाँ मान्छे भएर मात्र चल्दैन । त्यो भन्दा बाहिरको स्कील पनि विकास गर्न सक्छौ । 

रिसोर्सकै कुरा गर्ने हो भने नयाँ मानिसलाई आउन दिनुपर्छ र पुराना पनि चाहिन्छ । धेरै वटा संस्था एकैपटक आएपछि स्टाफको आवश्यकता, विजिनेश एक्सपान्सन लगायतका बिषयमा केही मात्रामा प्रतिस्पर्धा चाहि हुन्छ नै । तर, संस्था कुन बाटोमा हिँड्ने, कस्तो संस्था बनाउने भन्ने कुरा हामीमै भर पर्छ । त्यो संस्था कसरी हिँड्ने भन्ने कुरा हामीले स्पष्ट भिजन लिएर अगाडि बढ्नुपर्छ । हार्डवर्क होला, टफ वर्क होला, तर त्यसले गलत बाटो कहिल्यै लिँदैन । सेक्टर र संस्थाको बेटरमेन्टका लागि  अगाडि बढियो भने यस्ता इस्यू आफै समाधान हुन्छन् । सोंच अलिक ठूलो राखेर हिँड्नुपर्छ । यहाँबाट १ जना गयो, म ३ जना ल्याउँछु भन्ने सोंचतिर लाग्नुभएन । आउनेजाने क्रम चलिरहन्छ भनेर सोच्नुपर्छ । विजिनेश पनि त्यसैगरी ग्रो गराउन सक्नुपर्छ । 

बिमा कम्पनीहरुले मरिहत्ते गरेर जे पनि गर्नुपर्छ भन्ने ढंगले कहिल्यै सोच्नुहुँदैन । विजिनेश गर्ने हामी लाइसेन्स प्राप्त संस्थाले त हो नि । व्यवसायिक रुपमा काम गर्नुपर्छ । यसमा रेगुलेटरले हेर्ने भन्दा पनि हामी कम्पनीहरुले नै बढी सम्हालिन आवश्यक छ ।  

बिमा कम्पनीका विभिन्न कोषमा अरबौं रुपैयाँ थुप्रिएको छ । त्यसलाई लगानी गर्ने लङटर्म विकल्प भएन भन्ने तपाईहरु भन्ने गर्नुहुन्छ । तपाईको विचारमा त्यो फण्ड सदुपयोगको बेटर अप्सन के–के हुनसक्ला ?
-म लामो समयसम्म क्यापिटल मार्केटमा काम गरेको व्यक्ति हुँ । त्यसकारण यो विषयमा म अझै प्रष्ट भन्न सक्छु होला । 

आजको दिनमा हेर्नुभयो धेरै कम्पनीको अधिकतम लगानी फिक्स्ड डिपोजिटमै गइरहेको हुन्छ । हामीसँग लगानीको प्रशस्त औजार नै छैनन् । एसेट तथा लायवलिटिजको मिसम्याचको रिस्कलाई अभोइड गर्दै हामी अगाडि बढ्नुपर्छ । 

लङटर्म लगानीका विकल्प चाहि चाहिन्छ । नयाँ संस्थाहरु आइरहेका छन्, बैंकको साइज ठूलो भइरहेको छ । यस्तो अवस्थामा राष्ट्रिय गौरवका ठूला आयोजनाहरुमा लगानीको अवसर सिर्जना गरिनुपर्दछ । हामीमा पब्लिकको फण्ड आइरहेको छ, पब्लिकको सानो सहयोगले फण्ड बनेको छ । यस्तो फण्डको प्रभावकारी व्यवस्थापन हुनुपर्छ । उनीहरुलाई रिटर्नको ग्यारेण्टी पनि गरिनुपर्छ । हामीले यी चिजहरु हेरेर प्रडक्ट ल्याइनुपर्छ । राष्ट्रिय महत्वका लागि मात्र नभई कमर्सियल्ली पनि भायवल प्रोजेक्ट हो भनेर आउनुपर्छ । 

हाम्रो दायीत्व छ, रिटर्न उहाँहरुले बोनसको हिसाबले पाउनुपर्छ । त्यसकारण फाइनान्सियल भायवल प्रोजेक्ट आउनुपर्छ । यसका लागि विभिन्न खालका बण्ड होलान, डिवेञ्चरहरु होलान् । आजको दिनमा डेब्टको हिसाबले सहभागी गरौला, भोलिको दिनमा त्यो इक्वीटीको हिसाबले कन्भर्ट होला ।

हामीलाई प्राथमिकताको हिसाबले यो खालको सेक्टरमा लगानी गर्नु भनेर छुट्याइदिए अझ राम्रो होला । भ्यालू म्याक्सिमाइज गर्ने खालका राम्रा प्रोजेक्टहरुमा लगानी गर्न सक्ने वातावरण तयार गर्नुपर्छ । प्रोजेक्टमा आधारित उपकरण ल्याउन सकिए संस्थालाई पनि राम्रो भयो, देशलाई पनि राम्रो हुन्छ र हामी सबै स्टेक होल्डरलाई समेत राम्रो हुन्छ । 

सम्बन्धित सबै सेक्टर बसेर बिमा क्षेत्रको फण्डलाई कसरी प्रोडक्टिभ सेक्टरमा लान सकिन्छ भन्ने बिषयमा गम्भीर छलफल गर्न आवश्यक छ । यो गाह्रो काम पनि होइन । क्यापिटल मार्केटलाई परिपक्व बनाउन समेत यस्ता निर्णयले सहयोग गर्छन् ।

माघ १ गतेदेखि वैदेशिक रोजगारी म्यादी जीवन बिमा पुलमार्फत संचालन गर्ने निर्देशन जारी भएको छ । यसले म्यादी जीवन बिमालाई पारदर्शी र व्यवस्थित बनाउँछ ?
-हो, व्यवस्थित र पारदर्शी बनाउँछ यो नीतिले । 

आजको दिनमा पुलको अवधारणा आवश्यक थियो, भयो । यसले गलत प्रतिस्पर्धा हुन दिंदैन । स्पष्ट रुपमा पर्सेन्टेज सेयर भएको छ । सरकारले अवसर दियो, तर हामी कम्पनीहरुले हिजोको दिनमा आफ्नो ठाउँमा बस्ने काम भएन । त्यो लिमीटेसन अब हट्छ । जुनसुकै हालतमा विजिनेश ल्याउनुपर्छ भन्ने प्रतिस्पर्धा भएन । पुलमा आउने भयो, क्लेम पनि त्यहीँबाट हुन्छ । 

अस्वस्थ प्रतिस्पर्धा रोकियो, त्यसले अन्य कुरालाई आफैं रोक्छ । सेवालाई राम्रो बनाउँछ, कम्पनीहरुलाई समेत इथिकिल बाटोमा हिँडाउँछ, रेगुलेटरलाई पनि भ्यालू विजिनेश र इथिकल विजिनेश भयो भन्ने हुन्छ । सेवाग्राहीले पनि सहज र व्यवस्थित रुपमा सेवा पाउने अवस्था भयो । 
हरेक प्रदेशमा यसको अफिस बस्छ । यसले सेवा लिन सजिलो भयो, तानातान पनि भएन । बीचमा ब्रोकरेज वा एजेन्ट रहने भन्ने कुरा पनि भएन । पोलिसीको लिमीटेसन वा पोलिसी नै नक्कली हुने भन्ने कुरा पनि भएन । किनभने हिजोको दिनमा बीमा कम्पनीले सो कार्य गरेको होइन नि, बीचमा रहेका मान्छेहरुले त्यो काम गरेका थिए, यसको अन्त हुन्छ । 

मध्यस्थकर्ता कोही नभएपछि सेवाग्राहीले सही सेवा व्यवस्थित ढंगले पाउँछन् । व्यवसायिक रुपमा पुल संचालन गरे कुनै समस्या छैन । किनभने त्यो पुल सबै संस्थाको प्रतिनिधि पुल हुने भयो । 


Share this with your friends: