निषेधाज्ञामा थन्किएका सार्वजनिक सवारी साधनलाई बीमाशुल्क छुट गर्न बीमा समितिको निर्देशन

15 दिन अगाडी
निषेधाज्ञामा थन्किएका सार्वजनिक सवारी साधनलाई बीमाशुल्क छुट गर्न बीमा समितिको निर्देशन

काठमाण्डौ । बीमा समितिले निषधाज्ञाको समयमा सञ्चालनमा नआएका सार्वजनिक सवारी साधनहरुलाई बीमाशुल्क छुट प्रदान गर्न सबै निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले एक परिपत्र जारी गर्दै सार्वजनिक सवारी साधनको हकमा सञ्चालनमा नआएको थन्किएको अवधि(ले अप पिरियड) गणना गर्दा निषेधाज्ञा सुरु भएको मितिदेखि लिन र समयावधि नेपाल सरकारबाट लकडाउन हटाएको समयसम्म कायम गर्न सबै निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।  

चालु बीमा अवधिमा दाबी परिसकेको सवारी साधनको हकमा थन्किएको अवधि(ले अप पिरियड)का लागि छुट लागू नहुने बीमा समितिले जनाएको छ । 
बीमा कम्पनीहरुले सार्वजनिक यात्रुवाहक सवारी साधनको  कुल वार्षिक बीमाशुल्कको एक तिहाई रकम थन्किएको अवस्थाको जोखिमको लागि कट्टा गरी बाँकी दुई तिहाईमा समानुपातिक छुट प्रदान गर्नुपर्नेछ । यसमा कुल प्रिमियम हिसाब गर्दा तेस्रो पक्ष/यात्रु/कर्मचारीको बीमा लगायत जोखिम समूह समेतको हिसाब गर्नुपर्नेछ । 

माथि उल्लेखित अनुसार प्रदान गरिने छुट रकम, सार्वजनिक यात्रुवाहक सवारी साधन बीमाको नविकरण बीमाशुल्कमा समायोजन गनुपर्नेछ । यसका साथै सार्वजनिक यात्रुवाहक सवारी साधनको अन्यत्र बीमकसँग नविकरण हुने अवस्थामा बीमितको अनुरोधमा बीमकले छुट रकमको प्रमाणपत्र उपलब्ध गराउनुपर्नेछ ।         


Share this with your friends: