अजोड इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा,यस्ता छन् अजेन्डा

2022-01-28
अजोड इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा,यस्ता छन् अजेन्डा

काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको माघ १३ गते बिहिबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी फागुन ६ गते शुक्रबारका दिन काठमाण्डौ त्रिपुरेश्वरमास्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको अमन हल तेस्रो तल्लामा भर्चुअल माध्यम जुम एपमार्फत सभा आयोजना गर्ने निर्णय गरेको हो। 

उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ को चौथो वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय विवरण तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

वार्षिक साधारण प्रयोजनका लागि कम्पनीले आगामी माघ २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। 


Share this with your friends: