अन्तिम कारोबार दिन दोहोरो अंकले घट्यो नेप्से, बीमाका दुुवै उपसूचकमा गिरावट

2021-08-05
अन्तिम कारोबार दिन दोहोरो अंकले घट्यो नेप्से, बीमाका दुुवै उपसूचकमा गिरावट

काठमाण्ठौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ५३.१७ अंकले घट्दै १८०३१.७२ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४९.९७ अ.कले ओरालो लाग्दै १४६५८.१८ ७ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सक्यो। आज यूनियन लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९.९८ प्रतिशतले बढ्दै प्रतिकित्ता ४८२ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक १६ अंकले घट्दै ३१०७.४५ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२६ कम्पनीका २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता सेयर १३ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ रुपैयाँमा किनबेच भयो। 

आज १३ वटा समूहमध्ये दुईवटा समूहमा मात्रै हरिउाली छायो। आज विकास बैंक समूह १०८.६९ अंक र बैंकिङ ०.१२ अंकले बढ्यो। आज सबैभन्दा धेै गिरावट उत्पादन तथा प्रशोधन समूहमा आयो। यो समूह ९०.८२ अंकले घट्यो। त्यस्तै व्यापार समूह ४२.२७, होटल ४३.५८, हाइड्रो ७६.२४, वित्त २२.८९, अन्य १७.४१, लघुवित्त ३४.८२, म्युुचुअल फन्ड ०.०१ र लगानी समूह १.६८ अंकले ओरालो लाग्यो। 

आज तीनवटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। आज नेपाल फाइनान्स लिमिटेड, कर्णली डेभलपममेन्ट बैंक र जीवन विकास लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो। 

त्यस्तै आज यूनिभर्सल पावर कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। यो कम्पनीको सेयरमूल्य ६.७६ प्रतिशतले घट्यो। 

यो दिन अपर तामाकोशीको सर्वाधिक सेयर कारोबार भयो। यो कम्पनीको आज ६५ करोड ३० लाख बढीको कारोबार भयो। त्यस्तै अपि पावरको ५८ करोड २४ लाख, अरुण भ्यालि हाइड्रो ४९ करोड १७ लाख र फस्र्ट माइक्रोपाmइनान्स ३१ करोड ७३ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: