अभियान लघुवित्तले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

2022-01-27
अभियान लघुवित्तले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाण्डौ। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। 

संस्थाले १०० अंकित दरका कुल ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्नेछ। हाल संस्थाको अधिकृत पूँजी रु।३० करोड, जारी पुँजी रु। २५ करोड र चुक्ता पूँजी रु। १५ करोड २५ लाख रहेको छ। आईपीओ बिक्रीपछि संस्थाको चुक्ता पुँजी रु। २५ करोड हुनेछ। 

ज्ञटद्दढठडघज्ञद्धडद्दछण्हद्दछण्द्यष्शकजबबि।नषज्ञटद्धज्ञछछज्ञज्ञण्द्दद्दछण्(ह(द्दछण्।नषज्ञटद्धण्घघढछद्दठव्बलmबदजगmष्((ख्प्थ्ऋ(द्दछण्हद्दछण्।नष
यसैबीच संस्थाले आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत रोशकुमार अधिकारी र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।

अभियान लघुवित्त कम्पनी ऐन, २०६३ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीका रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई मिति २०७६ असोज १ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरी राष्ट्रिय स्तरको “घ” बर्गको वित्तीय संस्थाको रुपमा स्थापित तथा संचालित लघुवित्त वित्तीय संस्था हो। यससंस्थाले २०७६ साल मंसिर महिना १ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो। 

काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको संस्थाले नेपाल राज्यभर ६० वटा शाखा कार्यालयमार्फत २४ हजार ८८३ जना विपन्न वर्गका महिलालाई समूहमा आबद्घ गरी रु।२४ करोड ६२ लाख ९५ हजार बचत संकलन तथा रु.१९९ करोड ९० लाख २९ हजार कर्जा प्रवाह रहेको छ। यसैगरी गत आर्थिकको आसार मसान्तसम्ममा रु। १ करोड ७७ लाख खूद मुनाफामा रहेको संस्थाले चालुु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा रु। १ करोड ३७ लाख खुद मुुनाफा आर्जन गर्न सफल भएको छ। 


Share this with your friends: