आइएमई जनरल इन्स्योरेन्सको क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न

2021-12-07
आइएमई जनरल इन्स्योरेन्सको क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न भएको छ । उक्त तालिम मंसिर १६ गतेदेखि १९ गतेसम्म बर्दिवासस्थित गौतम होटलमा बीमा समितिको प्रतिनिधिको रोहबरमा सम्पन्न भएको हो । 

बीमा समितिबाट जारी कृषि तथा पशुपन्क्षी बीमा निर्देशिका,२०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मूल्यांकनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाका लागि कम्पनीका लागि तोकिएका जिल्लाहरु मध्ये धनुषा र महात्तरी जिल्लाका सहभागीहरुलाई एकै स्थानमा समावेश गरी तालिम सम्पन्न गरिएको कम्पनीले जनाएको छ । 

उक्त तालिममा १० जना क्षति मूल्यांकनकर्ताहरुको सहभागीता रहेको थियो । 

क्षति मूल्यांकनकर्ताहरुको तालिमपश्चात कृषि तथा पशुपन्क्षी बीमाको क्षतिका लागि तोकिएको सीमाभन्दा बढीको क्षतिमा क्षति मूल्यांकनकर्ताले मूल्यांकन गरी दाबी भुक्तानी गर्ने व्यवस्थाबाट कृषि तथा पशुपन्क्षी बीमामा उल्लेखय रुपमा सुधार भई कम्पनीले ग्राहकहरुलाई बीमा सेवा प्रदान गर्न सहज हुने अपेक्षा कम्पनीले लिएको जनाएको छ ।     


Share this with your friends: