आइसीएफसी फाइनान्सको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्सको सेयर लिलामीमा

2021-08-05
आइसीएफसी फाइनान्सको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्सको सेयर लिलामीमा

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको स्वामित्वमा रहेको फर्स्ट  माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको सेयरको आज(साउन २१ गते)देखि लिलामीमा राखिएको छ । 

फस्र्ट माइक्रोफाइनान्सको ३ लाख १९ हजार ४१० कित्ता सेयर लिलामीमा राखिएको हो । संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ निर्धारण गरिएको छ । लगानीकर्ताले सेयर खरिदका लागि आवेदन गर्दा न्यूनतम १००० कित्ताका लागि आवेदन दिनुपर्नेछ । तर अधिकतममा भने सेयर संख्याका लागि कुनै पनि हद तोकिएको छैन  । 

लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड हात्तिसार मार्ग कमलादीमा आईपुग्ने गरी भदौ २४ गतेसम्म बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । 

 


Share this with your friends: