आइसीएफसी फाइनान्सद्वारा ५ वर्ष पुरानो लाभांस रकम बुझिलिन आग्रह

2021-08-05
आइसीएफसी फाइनान्सद्वारा ५ वर्ष पुरानो लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । आइसीएफसी फाइनान्स लिमिटेडले ५ वर्ष पुरानो लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको छ । 

कम्पनीले विभिन्न साधारण सभाहरुबाट पारित भएको विगत पाँच वर्षभन्दा पुरानो लाभांश रकम केही सेयरधनीहरुले हालसम्म पनि नलिएकाले त्यस्तो लाभांस लिन आउन आग्रह गरेको हो । 

कम्पनीले हालसम्म लाभांश नलिएका सेयरनीहरुले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र कम्पनीको प्रशासन विभागमा सम्पर्क गरी लाभांस लिन पनि आग्रह गरेको छ । 

यदि यस्तो लाभांस रकम लिन कोहि पनि नआएमा प्रचलित कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जाने कम्पनीले बताएको छ ।  


Share this with your friends: