आईपीओ निष्कासनको तयारीमा रहेको श्वेत गंगा हाइड्रोपावरले डाक्यो वार्षिक साधारण सभा

2021-09-26
आईपीओ निष्कासनको तयारीमा रहेको श्वेत गंगा हाइड्रोपावरले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको गत भदौ ३ण् गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ५ औँ वार्षिक साधारण सभा डाकेको हो । 

कम्पनीले आगामी कात्तिक ४ गते बिहिबारका दिन काठमाण्डौ धुम्बाराहीमा रहेको अकामा होटलमा सभा आयोजना गर्ने निर्णय गरेको हो । 

उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सेमत पारित गरिनुका साथै संस्थागत समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र एकजना स्वतन्त्र सञ्चालकको निवाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

कम्पनीको यसअघि गत साउन २८ गते बसेको विशेष साधारण सभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको थियो । ४७ करोड ७९ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न कम्पनीले सानिमा क्यापिटलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४७ लाख ७९ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सर्वसाधारण तथा कर्मचारीका लागि आईपीओ निष्कासन गर्नेछ। 

कम्पनीले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकाको सीमा भएर बग्ने लिखु नदीको बहाव सदुपयोग हुने गरी २८।१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजनामा लगानी गर्न आईपीओ निष्कासन गर्न लागेको हो। यो आईपीओ कम्पनीको जारी पुँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको ३० प्रतिशतबराबर हुन आउँछ। 

यस आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ केभी न्यु खिम्ती सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने योजना रहेको छ। कम्पनीद्वारा निर्माणाधीन उक्त आयोजनाको निर्माण प्रगति हालसम्म करिब ७५ प्रतिशतको हाराहारीमा रहेको छ।


Share this with your friends: