आईसीएफसी फाइनान्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-12-08
आईसीएफसी फाइनान्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(मंसिर २२ गते) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(मंसिर २३ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ का लागि १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांस गरी कुल १४ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। 

यो लाभांस कम्पनीको आगामी पुस ५ गते आयोजना हुने १८ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ। 


Share this with your friends: