आजपनि परिसूचकमा दोहोरो अंकको वृद्धि, बीमातर्फ आइएमई जनरलको सेयरमूल्य सर्वाधिक बढ्यो

2021-10-06
आजपनि परिसूचकमा दोहोरो अंकको वृद्धि, बीमातर्फ आइएमई जनरलको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक ४०६.६५ अंकले बढ्दै १२००५.९२ बिन्दुको उचाईमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि २५७.२४ अंकले उकालो लाग्दै १४८६६. ७३ बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो। आज यो कम्पनीको सेयरमूल्य ६.१९ प्रतिशतले बढ्दै प्रतिकित्ता १०३० रुपैयाँ कायम भयो। त्यस्तै अजोड इन्स्योरेन्सको सेयरमूल्य ५.७३, सिद्धार्थ इन्स्योरेन्स ५.४२ र प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य ४.९८ प्रतिशतले बढ्यो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

बजारको वृद्धिले आज पनि निरन्तरता पायो। परिसूचक ६८.४७ अंकले बढ्दै २६८१.१० बिन्दुको उचाईमा पुग्यो। यो दिन बजारमा २२७ कम्पनीका ८१ लाख ८९ हजार ८९० कित्ता सेयर ४ अर्ब ५० करोड ६ लाख ५८ हजार १४२ रुपैयाँमा किनबेच भयो। 

आज सबै उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक २३.२३ अंकले बढेको आज व्यापार ६३.१९, होटल एण्ड टुरिजम २८.३१, विकास बैंक २२४.८३, हाइड्रो ९२.५८, वित्त १४३.५७, उत्पादन तथा प्रशोधन २४३.३, अन्य ३१.८२, लघुवित्त २९६.१५, म्युचुअल फन्ड ०.२३ र लगानी उपसूचक २.२ अंकले बढयो। 

आज १२ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। आज वेष्ट फाइनान्स कम्पनी, प्रोगेसिभ फाइनान्स, ग्रामिण विकास लघुवित्त, नयाँ सारथि लघुवित्त, मिथिला लघुवित्त, किसान लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, सर्पोट माइक्रोफाइनान्स, सबैको लघुवित्त र सामुदायिक लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो। 

आज रिडी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक घट्यो। कम्पनीको सेयरमूल्य २.१६ प्रतिशतले घट्यो। 

यो दिन सिटिजन बैंकको सर्वाधिक सेयर कारोबार भयो। आज बैंकको २३ करोड ४ लाख बढीको सेयर कारोबार भयो भने एनआईसी एशिया लघुवित्त १६ करोड ८५ लाख र निर्धन उत्थान लघुवित्तको १६ करोड ७८ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: