एनआईबिएल प्रगति फन्डको बुक क्लोज मिति तय

2021-08-05
एनआईबिएल प्रगति फन्डको बुक क्लोज मिति तय

काठमाण्डौ  । एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फन्डको बुक क्लोज मिति तय गरिएको छ । फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि  योजना इकाईधनीहरुका लागि घोषणा गरेको ५० प्रतिशत नगद लाभांसका लागि बुक क्लोज मिति तय गरिएको हो । 

लाभांस वितरण प्रयोजनका लागि आगामी साउन २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको छ । त्यसैले साउन २८ गतेसम्म कायम इकाइधनीहरु मात्रै फन्डद्वारा घोषणा गरिएको ५० प्रतिशत नगद लाभांस प्राप्त गर्न योग्य हुनेछन् । 


Share this with your friends: