एनआईसी एशिया लघुवित्तद्वारा लाभांस प्रस्ताव

2021-10-05
एनआईसी एशिया लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आ।व २०७७÷७८ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५.४१ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको ५.४१ प्रतिशतले हुन आउने ९ करोड ४१ लाख ३ हजार ७०४ रुपैयाँबराबरको नगद लाभांस रहेको छ । 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: