एनएलजी इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

2021-08-05
एनएलजी इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्ठौ । एनएलजी इन्स्यारेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको १५ औँ वार्षिक साधारण सभा आज(साउन २१ गते) पानीपोखरी काठमाण्डौमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा वेभिनारमार्फत सम्पन्न भएको हो। 

उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांस गरी कुल १०.५२६३ प्रतिशत लाभांस वितरणको विशेष प्रस्ताव पारित गरिएको छ । प्रस्तावित लाभांसमा चुक्तापूँजीको १० प्रतिशतले हुन आउने १० करोड ९६ लाख ३७ हजार ५५० रुपैयाँ बराबरको बोनस सेयर र ०.५२६३ प्रतिशतले हुन आउने ५७ लाख ७० हजार ३९७ रुपैयाँ बराबरको नगद लाभांस रहेका थिए । 

त्यस्तै बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब २० करोड ६० लाख १३ हजार ०५० रुपैयाँ पुग्ने हुँदा सोहि अनुरुप कम्पनीको प्रबन्धपत्र संसोधन गर्ने प्रस्ताव पारित गरिएको छ । प्रबन्धपत्र तथा नियमावलीमा सम्बन्धित निकायबाट कुनै फेरबदल गर्नुपर्ने भएमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरिएको छ । 

उक्त सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षण प्रतिवेदन सहित आ.व २०७६/७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु तथा एनएफआरएस बमोजिमको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७७/७८ का लागि बाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिएको छ।

सभामा कम्पनीले आ.व २०७६/७७ १८० करोड ७ लाख कुल बीमाशुल्क आर्जन गरिएको जानकारी गराइएको थियो। त्यस्तै उक्त अवधिमका कम्पनीको खुद बीमाशुल्क आम्दानी ६४ करोड ६४ लाख र खुद मुनाफा २६ करोड २६ लाख रुपैयाँ रहेको जानकारी गराइएको थियो। 

कम्पनीको कुल लगानी गत वर्षको तुलनामा ९ प्रतिशतले वृद्धि भई २०७७ साल असार मसान्तसम्ममा २५१ करोड ८ लाख रुपैयाँ पुगेको छ। 

 


Share this with your friends: