एनएलजी इन्स्योरेन्सको सेयर लिलामीमा

2021-09-07
एनएलजी इन्स्योरेन्सको सेयर लिलामीमा

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर आज(भदौ २२ गते)देखि लिलामीमा राखिएको छ । कम्पनीकी सेयरधनी करुणा राणाले आफ्नो नाममा रहेको १३२६.६० कित्ता संस्थापक सेयरहरु बिक्री गर्ने इच्छा राखि निवेदन दिएकाले उक्त सेयरहरु बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । 

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६२५ रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि हाल कायम संस्थापकहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको सेयर रजिष्ट्रार आरबीबी मर्चेन्ट एण्ड बैंकिङ टेकु काठमाण्डौमा आईपुग्ने गरीआफुले खरिद गर्न चाहेको सेयर ेकित्ताको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ । 

तोकिएका मितिभित्र संस्थापक सेयरधनीहरुबाट निवेदन पेस नभएमा प्रचलित नियमअनुसार अन्य व्यक्तिलाई बिक्री गरिने कम्पनीले जनाएको छ । 


Share this with your friends: