एनएलजी इन्स्योरेन्सको १०% बोनस सेयर नेप्सेमा सूचीकृत

2021-11-15
एनएलजी इन्स्योरेन्सको १०% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । 

कम्पनीद्वारा सेयरधनीहरुलाई वितरण गरिएको १० प्रतिशत बोनस सेयर अर्थात १० लाख ९६ हजार ३७५.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांस वितरण गरेको थियो ।


Share this with your friends: