एभरेष्ट इन्स्योरेन्सद्वारा बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान

2021-11-19
एभरेष्ट इन्स्योरेन्सद्वारा बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीबाट जारी बीमालेख अन्तर्गत परेका दाबीहरुको क्षती सर्वेक्षण अनुसन्धान तथा मूल्यांकन गर्नका लागि बीमा समितिबाट सर्भेयरको इजाजत प्राप्त इच्छुक व्यक्ति तथा संस्थालाई सूची दर्ताका लागि आह्वान गरेको हो । 

इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको ३५ दिनभित्र कार्यालय समयमा कम्पनीको केन्द्रिय कार्यालय हात्तिसारमा दर्ता गराउन वा कम्पनीको इमेल ठेगाना claim@eic.com.np मार्फत पठाउन आह्वान गरेको छ । सूची दर्ता गराँउदा बीमा समितिबाट प्राप्त नविकरण भएको सर्भेयर इजाजत प्रमाणपत्रको प्रतिलिपि, संस्थाको हकमा संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि(संस्थाका लागि मात्रै), स्थायी लेखा नम्बर/मूल्य अभिवृद्धि करको प्रमाणपत्रको प्रतिलिपि, संस्थाको हकमा कम्पनी प्रोफाइल एवम व्यक्तिको हकमा बायोडेटा र नागरिकता प्रमाणपत्रको प्रतिलिपि समावेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।   


Share this with your friends: