एशियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा स्थल परिवर्तन

2022-01-28
एशियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा स्थल परिवर्तन

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा हुने स्थान परिवर्तन गरिएको छ । कम्पनीको माघ १३ गते बसेको सञ्चालक बैठकले वार्षिक साधारण सभाको स्थान परिवर्तन गर्ने निर्णय गरेको हो । 

बैठकको निर्णयअनुसार अब कम्पनीको १३ वार्षिक साधारण सभा मैतीदेवीमा रहेको कम्पनीको प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट हुनेछ । कोरोनाको तेस्रो लहरबाट सिर्जित परिस्थितीका कारण साधारण सभा हुने स्थान परिवर्तन गर्नुपरेको कम्पनीले जनाएको छ । 

यसअघि कम्पनीको गत पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी माघ २१ गते शुक्रबारका दिन विरगंजमा रहेको होटल दियालो लड्समा बिहान ११ः३० बजे सभा आयोजना गर्ने निर्णय गरेको थियो । 

 


Share this with your friends: