कात्तिक महिनासम्ममा जीवन बीमा कम्पनीहरुको खुद बीमाशुल्क आर्जन ४८ अर्ब बढी, कसको कति ?

2021-12-03
कात्तिक महिनासम्ममा जीवन बीमा कम्पनीहरुको खुद बीमाशुल्क आर्जन ४८ अर्ब बढी, कसको कति ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले कात्तिक महिनाको अन्त्यसम्ममा ४८ अर्ब रुपैयाँ बढी खुद बीमाशुल्क आर्जन गरेका छन्। यो अवधिका नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले ४८ अर्ब ३२ करोड ८६ लाख ८४ हजार रुपैयाँ अुद बीमाशुल्क आर्जन गरेका हुन्। 

सबैभन्दा धेरै खुद बीमाशुल्क आर्जन गर्नेको सूचीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले कात्तिकको अन्त्यसम्ममा १२ अर्ब ५५ करोड ३५ लाख ४१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। सूचीको दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल रहेको छ। जसले कात्तिक महिनासम्ममा ६ अर्ब ५८ करोड ८० लाख १३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। 

तेस्रो स्थानमा रहेको राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ७८ करोड ६५ लाख ५८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। ४ अर्ब ५४ करोड ३ लाख २५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्दै नेसनल लाइफ चौथो स्थानमा रहेको छ। 

युनियन लाइफ पाचौँ स्थानमा रहेको छ। कम्पनीले कात्तिक महिनासम्ममा २ अर्ब ५६ करोड २१ लाख ८४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। 

यसैगरी एशियन लाइफले २ अर्ब १९ करोड ३९ लाख ८४ हजार मेट लाइफले १ अर्ब ७६ करोड २० लाख, प्राइम लाइफ १ अर्ब ५८ लाख ९ हजार, सूर्या लाइफ १ अर्ब ५२ करोड ६५ लाख २६ हजार, सिटिजन लाइफ १ अर्ब ६५ करोड ८१ लाख ३३ हजार, सन नेपाल लाइफ १ अर्ब २४ करोड ३ लाख ७ हजार, रिलायबल नेपाल लाइफ १ अर्ब ३० करोड ४७ लाख ८६ हजार, गुराँस लाइफ १ अर्ब ९ करोड ५५ लाख १४ हजार, ज्याति लाइफ १ अर्ब ४ करोड ५५ लाख ९५ हजार र आइएमई लाइफले १ अर्ब ६८ लाख ६९ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। 

कात्तिक महिनासम्ममा ४ वटा जीवन बीमा कम्पनीहरुले १ अर्बभन्दा कम खुद बीमाशुल्क आर्जन गरेका छन्। यो अवधिमा रिलायन्स लाइफले ९८ करोड ३६ लाख ८५ हजार, सानिमा लाइफले ७४ करोड ३८ लाख, प्रभु लाइफले ७१ करोड २५ लाख र महालक्ष्मी लाइफले ४४ करोड ३४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।  

 


Share this with your friends: