कामना सेवाद्वारा ‘युनिफोकल रिडिङ ग्लास’ सेवा सुरु

2021-10-03
कामना सेवाद्वारा ‘युनिफोकल रिडिङ ग्लास’ सेवा सुरु

काठमाण्डौ। कामना सेवा विकास बैंकले  ‘युनिफोक रिडिङ ग्लास’ सेवा सुरु गरेको छ।

बैंकले नेपाल आँखा अस्पतालसँगको सहकार्यमा बैंकले विश्व दृष्टि दिवसका अवसरमा विश्व स्वास्थ्य संघले तय गरेको ‘आँखालाई माया गरौँ’ भन्ने नारालाई आत्मसात गर्दै विभिन्न बैंकिङ सेवाहरु लिने क्रममा सहज होस् भन्ने उद्देश्यका साथ नजिक तथा टाढा देख्न सक्ने खालको अत्याधुनिक ‘युनिफोकल रिडिङ ग्लास’ सेवा सुरु गरेको जनाएको छ। बैंकका अध्यक्ष सुदिप आचार्य र नेपाल आँखा अस्पतालका अध्यक्ष डा। गोपालप्रसाद पोख्रेलले संयुक्त रुपमा आज एक समारोहबीच उक्त सेवाको शुभारम्भ गरेका हुन्। 


Share this with your friends: