कोरोना बीमा बापत २१,५०१ जनालाई प्रदान गरियो २ अर्ब बढी दाबी भुक्तानी

2021-01-07
कोरोना बीमा बापत २१,५०१ जनालाई प्रदान गरियो २ अर्ब बढी दाबी भुक्तानी

काठमाण्डौ । कोरोना बीमाको दाबी भुक्तानी प्रक्रियामा तिव्रता आएको छ। बीमा समितिले उपलब्ध गराएको पछिल्लो आँकडा अनुसार पुस २१ गतेसम्म २१ हजार ५०१ जनाले कोरोना बीमा बापत २ अर्ब ९ करोड ६३ लाख २५ हजार रुपैयाँ दाबी भुक्तानी रकम प्राप्त गरेका छन्। बीमा समितिका अनुसार सबै कागजपत्र पुरा भएको दाबी संख्या ४२ हजार १५३ रहेको छ। 

यसैगरी कोरोना बीमाको दाबी भुक्तानीका लागि बीमा पुलमा पठाईएकामध्ये २५४९ फाइल कागजपत्र नपुगेपछि निर्जीवन बीमा कम्पनीमै फर्काइएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रमाणिकरणका लागि पेन्डीङमा रहेका फाइलको संख्या ७ हजार २५४ रहेको छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रमाणिकरणका लागि पठाईएका १२ हजार १५४ फाइलमध्ये अहिलेसम्म ४ हजार ९०० फाइल प्रमाणिकरण भइसकेका छन्। प्रमाणिकरणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाउन तयार अवस्थामा रहेको फाइलको संख्या ३४३ रहेको छ। 
यसैगरी ६ हजार ७८९ फाइल भने भेरिफिकेसन प्रक्रियामा रहेको र १६२ फाइल भने नक्कली भएका कारण दाबी भुक्तानी नगरिएको समितिले जनाएको छ। 

 


Share this with your friends: