कोरोना बीमा बापत ४८,०६९ जनाले प्राप्त गरे ४.६६ अर्ब बढी दाबी भुक्तानी

2021-03-08
कोरोना बीमा बापत ४८,०६९ जनाले प्राप्त गरे ४.६६ अर्ब बढी दाबी भुक्तानी

काठमाण्डौ । बीमा समितिले उपलब्ध गराएको पछिल्लो आँकडा अनुसार फागुन २१ गतेसम्म ४८ हजार ०६९ जनाले कोरोना बीमा बापत ४ अर्ब  ६६ करोड ३० लाख रुपैयाँ दाबी भुक्तानी रकम प्राप्त गरेका छन्। बीमा समितिका अनुसार सबै कागजपत्र पुरा भएको दाबी संख्या ८४ हजार ८७४ रहेको छ। 

यसैगरी कोरोना बीमाको दाबी भुक्तानीका लागि बीमा पुलमा पठाईएकामध्ये ३६९३ फाइल कागजपत्र नपुगेपछि निर्जीवन बीमा कम्पनीमै फर्काइएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रमाणिकरणका लागि पेन्डीङमा रहेका फाइलको संख्या १० हजार ९६४ रहेको छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रमाणिकरणका लागि पठाईएका २२ हजार २८८ फाइलमध्ये अहिलेसम्म ११ हजार ३४२ फाइल प्रमाणिकरण भइसकेका छन्।
माणिकरणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाउन तयार अवस्थामा रहेको फाइलको संख्या ४२३३ रहेको छ। 

यसैगरी १४ हजार ३९३ फाइल भने भेरिफिकेसन प्रक्रियामा रहेको बीमा समितिले जनाएको छ । 

 


Share this with your friends: