गुराँस लाइफ इन्स्योरेन्सद्वारा प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत

2021-10-03
गुराँस लाइफ इन्स्योरेन्सद्वारा प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत भएको छ । 

कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको लाभांस बीमा समितिबाट स्वीकृत भएको हो । कम्पनीको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि सेयरधनीहरुलाई लाभांस वितरणको प्रस्ताव गरेको थियो । 

उक्त बैठकले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट हालसम्म कायम चुक्तापूँजी १ अर्ब ९७ करोड ५५ लाख ८४ हजार ६ सय को ५.५००४१७४ प्रतिशत बोनस सेयर र ०.२८९४६५६६ प्रतिशत नगद लाभांस९कर प्रयोजनका लागि०गरी कुल ५.७८९८८३०६ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको थियो । 

कम्पनीद्वारा प्रस्तावित लाभांसमा ५.५००४१७४ प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४ सय रुपैयाँबराबरको बोनस सेयर र  ०.२८९४६५६६ प्रतिशतले हुन आउने ५७ लाख १९ हजार २३१.५७ रुपैयाँबराबरको नगद लाभांस रहेका छन् । 


Share this with your friends: