गुराँस लाइफका सीईओ भट्टराईको राजीनामा स्वीकृत

2021-10-08
गुराँस लाइफका सीईओ भट्टराईको राजीनामा स्वीकृत

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) नारायण कुमार भट्टराईले दिएको राजीनामा स्वीकृत भएको छ । कम्पनीको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले भट्राईको राजीनामा स्वीकृत गरेको हो । 

उनले आफ्नो व्यक्तिगत कारण देखाई असोज १९ गते राजीनमा दिएका थिए । सञ्चालक समितिको बैठकले भट्टराईको राजीनामा कात्तिक १ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । 


Share this with your friends: