ग्लोबल आइएमई बैंकद्वारा एकैदिन थप ७ शाखा विस्तार

2021-08-05
ग्लोबल आइएमई बैंकद्वारा एकैदिन थप ७ शाखा विस्तार

काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि थप ७ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। 

बैंकले काठमाण्डौ जिल्लाको, काठमाण्डौ महानगरपालिकाका सीतापाइला, बालाजु चोक र अशन, ललितपुर जिल्लाको ललितपुर महानगरपालिकाका धोबीघाट र भैँसेपाटी, भक्तपुर जिल्लाको ठिमी नगरपालिकाको गठ्ठाघर एवं धादिङ जिल्लाको निलकण्ठ नगरपालिको धादिङबेसीस्थित बीचबजारमा गरी एकैसाथ ७ नयाँ स्थानमा शाखा सञ्चालनमा ल्याएको हो। नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको संख्या २८० पुगेको छ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले देशका ७६ जिल्लामा फैलिएको २८० शाखा सञ्जालसहित २४८ एटीएम, ४७ एक्सटेन्सन काउण्न्र तथा राजश्व संकलन काउन्टर, २५७ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालयमार्फत आफ्ना २३ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ। 


Share this with your friends: