ग्लोबल आइएमई लघुवित्तद्वारा लाभांस प्रस्ताव

2021-10-06
ग्लोबल आइएमई लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफबाट हाल कायम रहेको चुक्तापूँजीको २८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो । संस्थाद्वारा प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी ४३ करोड १७ लाख १० हजार ४११ रुपैयाँको २८ प्रतिशतले हुन आउने १२ करोड ८ लाख ७८ हजार ९१५ रुपैयाँबराबरको बोनस सेयर रहेको छ। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ । 


Share this with your friends: