चीनको बीमा नियामकले प्राकृतिक प्रकोप कभरेज बढाउन बीमकहरुलाई गाइड गर्ने

2021-07-30
चीनको बीमा नियामकले प्राकृतिक प्रकोप कभरेज बढाउन बीमकहरुलाई गाइड गर्ने

काठमाण्डौ । चीनको बैंकिङ तथा बीमा नियामक(सीबीआईआरसी)ले प्राकृतिक प्रकोप बीमा बढाउन तथा प्रडक्ट अफरिङ अभिवृद्धि गर्नका लागि बीमकहरुलाई गाइड गर्ने जनाएको छ। 

यसका साथै सीबीआईआरसीले जोखिमहरुका बारेमा जनचेतना अभिवृद्धि गर्ने योजना बनाएको छ ताकि राष्ट्रिय आपतकालिन प्रतिक्रियामा प्राकृतिक प्रकोप बीमाले महत्वपूर्ण भुमिका निर्वाह गर्न सकोस्। 

‘प्राकृतिक प्रकोपका जोखिमहरु जस्तै भुईचालो, आधिवेरी र बाढी पहिरोहरुले अधिकांस मानिसहरु प्रभावित पार्ने गरेको छ र हाम्रा जनताहरुले यसको प्रत्यक्ष घाटा व्यहोर्ने गरेका छन्।’ सीबीआईआरसीले उल्लेख गरेको छ,‘ मानिसहरुको विविधि आवश्यकतालाई परिपूती गर्न र जोखिमहरुलाई कभर गर्नका लागि यो क्षेत्रमा अझै धेरै प्रडक्टहरु आवश्यक रहेको छ।’

जुलाई १६ देखि मध्य चीनको हेनन प्रान्त पछिल्लो १ हजार वर्षको सबैभन्दा भिषण बाढीबाट प्रभावित बनेपछि सीबीआईआरसीको यस्तो अभिव्यक्ति बाहिर आएको हो। अहिलेसम्म यो बाढीबाट बीमा कम्पनीहरुलाई १.५४ बिलियन डलरभन्दा धेरै घाटा भईसकेको छ। यसमा मोटर घाटाको हिस्सा ६० प्रतिशत रहेको छ। 

यस्तै निनबोको पूर्वी तटिय शहरमा बीमा कम्पनीहरुमा ५४ हजार २ सय दाबी परेको छ।  

 


Share this with your friends: