चीनमा आएको भारी वर्षा र बाढीले पुर्याएको क्षतिको दाबी भुक्तानी १.७ बिलियन नाघ्यो

2021-08-10
चीनमा आएको भारी वर्षा र बाढीले पुर्याएको क्षतिको दाबी भुक्तानी १.७ बिलियन नाघ्यो

काठमाण्डौ । चीनमा आएको बाढी पहिरो र भारी वर्षाले पुर्याएको क्षतिका कारण १ बिलियनभन्दा धेरै दाबी भुक्तानीको माग भएको छ। चीनमा आएको रेकर्डतोड वर्षा र बाढी पहिरोबाट प्रभावित सेन्ट्रल हेनन प्रान्तका प्रभावितहरुले बीमा कम्पनीहरुमा १.७ बिलियन डलर(११.२ बिलियन चिनिया युआन)भन्दा धेरै दाबी भुक्तानी माग गरेका छन्। 

यो प्राकृतिक प्रकोपबाट ११४.३ बिलियन चिनिया युआनभन्दा धेरै प्रत्यक्ष आर्थिक घाटा भएको बताइएको छ। 

हेनन प्रान्तमा आएको भारी वर्षाले पुर्याएको क्ष्ाितका लागि ५ लाख ४५ हजार ८ सय दाबी परेको नियामक निकाय सीबीआईआरसीको हेनन ब्युरोले जनाएको छ। 

हेनन प्रान्तमा आएको भारी वर्षा र बाढीका कारण १६ जुलाईदेखि ३ सयभन्दा धेरैको मृत्यु भईसकेको छ भने ५० जनाभन्दा धेरै अझै बेपत्ता छन्।  

 


Share this with your friends: