जानकी फाइनान्सद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

2022-01-28
जानकी फाइनान्सद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । जानकी फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले २५ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी फागुन ७ गते शनिबारका दिन जनकपुरमा रहेको होटल मानकी इन्टरनेशनलमा बिहान १० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरिएको १५ प्रतिशत बोनस सेयर र ०्७८९५ प्रतिशत नगद लाभांस गरी कुल १५.७८९५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ।व २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहितको आ।व २०७७/७८ सम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आ।व २०७८र७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनुका साथै संस्थापकतर्फ ३ जना तथा सर्वसाधारणतर्फ २ जना गरी ५ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि संस्थाले आगामी माघ २४ गतेदेखि ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।   


Share this with your friends: