दंगाले पुर्याएको क्षतिका कारण दक्षिण अफ्रिकाको बीमा उद्योगले १ बिलियन डलरसम्म घाटा व्यहोर्न सक्ने

2021-07-25
दंगाले पुर्याएको क्षतिका कारण दक्षिण अफ्रिकाको बीमा उद्योगले १ बिलियन डलरसम्म घाटा व्यहोर्न सक्ने

काठमाण्डौ । दक्षिण अफ्रिकामा राजनैतिक दंगाका कारण भएको क्षतिले त्यहाँको बीमा उद्योगले १ बिलियन डलरबराबरको घाटा व्यहोर्नु पर्न हुन सक्ने अनुमान गरिएको छ। डेटा एनालिस्ट कम्पनी‘प्रोपटी क्लेम सर्भिसेस(पीसीएस)का प्रमुख जोहान मेयर्सले दंगाले पुर्याएको क्षतिका कारण दक्षिण अफ्रिकाको बीमा उद्योगले ६०० मिलियनदेखि १ बिलियन डलरसम्म घाटा व्यहोर्नु पर्ने हुन सक्ने बताएका हुन्। 

मेयर्सको अनुमान दक्षिण अफ्रिकाको सरकारी स्वामित्वको बीमा कम्पनी‘सारसीया’ले प्रकाशित गरेको रिपार्टहरुमा आधारित रहेको छ। सारसीयाले देशमा भएका राजनैतिक हिंसाबाट हुने जोखिमहरुलाई समेट्ने गर्दछ। 

यद्यपी मेयर्सले यो घाटा अझै बढ्ने सक्ने बताएका छन्। 

अदालतको अवहेलना गरेको भन्दै पूर्व राष्ट्रपति ज्याकोब जुमालाई गत जुलाई ८ मा जेल चलान गरिएपछि जुमाको गृह राज्य क्वालाजुलु नातालमा दंगा र लुटपाट मच्चिएको थियो। अहिले यो जोहनसबर्ग र आसपासका क्षेत्रहरु सहित अन्य क्षेत्रमा समेत फैलिएको छ। दंगा नियन्त्रण गर्न दक्षिण अफ्रिीकी सरकारले २५ हजार सैनिक जत्था परिचालन गरेको छ। 

दंगाका कारण १६१ वटा मल तथा सपिङ सेन्टरहरुमा क्षति पुुग्नुका साथै लुटपाट तथा चोरी भएको छ। यसका साथै दंगाका कारण २१५ जनाले आफ्नो ज्यान गुमाईसकेका छन् भने २५०० जनालाई चोरी तथा गुण्डागर्दीको आरोपमा पक्राउ गरिएको छ। 

यो घटनाका कारण स्थानिय स्तरमा खाद्यान्न तथा इन्धनको अभाव हुने भय व्यक्त गरिएको छ। 

दंगाका कारण १ बिलियम डलरसम्म दाबी पर्न सक्ने अनुमान गरिएपनि सरकारी स्वामित्वको कम्पनी सारसीयाले ५०० मिलियन डलरसम्मको दाबी मात्रै कभर गर्न सक्ने रिपोर्टमा उल्लेख गरिएको छ।  

 


Share this with your friends: