दश दिनको अवधिमा ५ हजार बढीले कोरोना बीमाबापत प्राप्त गरे ४९ करोड बढी दाबी भुक्तानी

2021-02-05
दश दिनको अवधिमा ५ हजार बढीले कोरोना बीमाबापत प्राप्त गरे ४९ करोड बढी दाबी भुक्तानी

काठमाण्डौ । दश दिनको अवधिमा  ५ हजार बढीले कोरोना बीमा बापत ४९ करोड बढी दाबी भुक्तानी प्राप्त गरेका छन् । बीमा समितिले उपलब्ध गराएको पछिल्लो आँकडा अनुसार माघ २२ गतेसम्म ३६ हजार ५६९ जनाले कोरोना बीमा बापत ३ अर्ब ५५ करोड २९ लाख २५ हजार रुपैयाँ दाबी भुक्तानी रकम प्राप्त गरेका छन्। बीमा समितिका अनुसार सबै कागजपत्र पुरा भएको दाबी संख्या ६५ हजार ५१९ रहेको छ। 

गत माघ १२ गतेसम्म ३१ हजार ४४१ जनाले कोरोना बीमा बापत ३ अर्ब ६ करोड १३ लाख २५ हजार रुपैयाँ दाबी भुक्तानी रकम प्राप्त गरेका थिए। यसरी १० दिनको अवधिमा कोरोना बीमा बापत ५ हजार १२८ जनाले ४९ करोड १७ लाख रुपैयाँ प्राप्त गरेका छन् । 

यसैगरी माघ २२ गतेसम्म कोरोना बीमाको दाबी भुक्तानीका लागि बीमा पुलमा पठाईएकामध्ये ३३७५ फाइल कागजपत्र नपुगेपछि निर्जीवन बीमा कम्पनीमै फर्काइएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रमाणिकरणका लागि पेन्डीङमा रहेका फाइलको संख्या ९ हजार ८२४ रहेको छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रमाणिकरणका लागि पठाईएका १८ हजार ५५४ फाइलमध्ये अहिलेसम्म ९ हजार ०६२ फाइल प्रमाणिकरण भइसकेका छन्। प्रमाणिकरणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाउन तयार अवस्थामा रहेको फाइलको संख्या १९५९ रहेको छ। 
यसैगरी ८ हजार ५५४ फाइल भने भेरिफिकेसन प्रक्रियामा रहेको बीमा समितिले जनाएको छ । 

 


Share this with your friends: