नयाँ सारथी लघुवित्तका सीईओ खड्काको राजिनामा स्वीकृत

2021-12-05
नयाँ सारथी लघुवित्तका सीईओ खड्काको राजिनामा स्वीकृत

काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ)रामबहादुर खड्काको राजिनामा स्वीकृत भएको छ । संस्थाको पुस १७ गते बसेको सञ्चालक समितिको बैठकले खड्काको राजिनामा स्वीकृत गरेको हो । 

उनको राजिनामा पुस १ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिएको हो । 

यसका साथै पुस १९ गतेदेखि ३० गतेसम्मका लागि प्रमुख कार्यकारी अधिकृतको अधिकार प्रयोग गर्ने गरी निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत सरोज घिमिेरेलाई प्रदान गर्ने निर्णय गरिएको संस्थाले जनाएको छ । 


Share this with your friends: