नेपाल बंगलादेश बैंकद्वारा लाभांस वितरणको प्रस्ताव

2021-10-10
नेपाल बंगलादेश बैंकद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । नेपाल बंगलादेश बैंकले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको आज(असोज २४ गते)बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव  गरेको हो । 

बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांस गरी कुल १५.५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । 

यो लाभांस राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।  


Share this with your friends: