नेपाल इन्स्योरेन्सद्वारा संस्थापक सेयर लिलामीमा

2021-11-21
नेपाल इन्स्योरेन्सद्वारा संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको संस्थापक सेयर लिलामीमा राखेको छ । कम्पनीले म्यानेजमेन्टको नाममा रहेको १ लाख कित्ता सेयर आज(मंसिर ५ गते)देखि लिलामीमा राखेको हो । 

लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४०० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै बोलपत्र आपेदन पेस गर्न सक्नेछन् । इच्छुक विद्यमान संस्थापकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआईबिएल लाजिम्पाट काठमाण्डौमा आफुले लिन चाहेको सेयर संख्या र दर उल्लेख गरी शिलबन्दी बोलपत्र आवेदन पेस गर्नुपर्नेछ । 


Share this with your friends: