नेप्सेमा दोहोरो अंकको गिरावट, बीमातर्फ युनियन लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

2021-12-07
नेप्सेमा दोहोरो अंकको गिरावट, बीमातर्फ युनियन लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक १६०.९८ अंकले ओरालो लाग्दै १११२२.७३ बिन्दुमा सीमित भयो । यो दिन जीवन बीमा उपसूचक पनि ७३.९४ अंकले घट्दै १३४१४.०३ बिन्दुमा झर्यो । 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन् । बीमातर्फ आज ज्याति लाइफ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो । कम्पनीको सेयरमूल्य १.६२ प्रतिशतले बढ्दै प्रतिकित्ता ५६५ रुपैयाँ कायम भयो । त्यस्तै एनएलजी इन्स्योरेन्सको सेयरमूल्य १.२५ र लाइफ इन्स्योरेन्स कर्पोरेशनको सेयरमूल्य १.१४ प्रतिशतले बढ्यो । 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् । बीमातर्फ आज युनियन लाइफको सेयरमूल्य सर्वाधिक घट्यो । कम्पनीको सेयरमूल्य ४.३० प्रतिशतले घट्दे प्रतिकित्ता ६२१ रुपैयाँ कायम भयो । 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अ.कको गिरावट आयो । परिसूचक ३७.१८ अंकले घट्दै २५०८.९१ बिन्दुमा झर्यो । यो दिन बजारमा २३१ कम्पनीका ८३ लाख ३० हजार ०९३ कित्ता सेयर ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपैयाँमा किनबेच भयो । 

आज बजारमा दुईवटा उपसूचकमा मात्रै हरियाली छायो । आज व्यापार उपसूचक २१.५३ अंक र म्युचुअल फन्ड ०.१२ अंकले बढ्यो । 

त्यस्तै आज बैंकिङ उपसूचक १३.५५, होटल एण्ड टुरिजम ४९.४१, विकास बैंक १४०.९५, हाइड्रोपावर ७४.६९, वित्त ९०.०८, उत्पादन तथा प्रशोधन ९२.०३, अन्य ५६.४४, लघुवित्त ७२.५६ र लगानी उपसूचक ०.७५ अंकले घट्यो । 

आज सिभिल लघुवित्तको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य ३.१९ प्रतिशतले बढ्यो । 

आज आइसीएफसी फाइनान्सको सेयरमूल्य सर्वाधिक घट्यो । कम्पनीको सेयरमूल्यमा ७.६५ प्रतिशतको गिरावट आयो । त्यस्तै कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.७७, सिनर्जी पावर डेभलपमेन्ट ६.२९ र हिमालयन पावर पार्टनर कम्पनीको सेयरमूल्य ५.९१ प्रतिशतले घट्यो । 
यो दिन प्राइम कमर्सियल बैंकको सर्वाधिक सेयर कारोबार भयो । आज यो बैंकको १२ करोड ३६ लाख बढीको सेयर कारोबार भयो ।  


Share this with your friends: